केन्द्रीय संस्करण

अत्यावश्यक वस्तुको पसल खुला राख : सरकार

person explore access_timeचैत १२, २०७६ chat_bubble_outline0

काठमाडौं – सरकारले खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास (एलपी ग्यास)का पसल नियमित सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले यसका लागि पसलमा भीड नगर्न र सुरक्षित रही कम्तीमा १ मिटरको दूरी राखी लाइनमा बस्न समेत आग्रह गरेको छ ।

मंगलवारदेखि सुरू भएको देशव्यापी लकडाउनका कारण खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री, खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुका पसल बन्द भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता पसल नियमित सञ्चालन गर्न निर्देशन दिएको हो । 

मन्त्रालयले औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध पानीलगायत दैनिक उपभोग्य सामग्री बोक्ने ढुवानीका सवारी सञ्चालन गर्न समेत निर्देशन दिएको छ । पसलमा काम गर्ने सबैलाई अनिवार्य मास्क लगाउन र समयसमयमा स्यानिटाइजर र साबुनपानीले हात धुन पनि सरकारले आग्रह गरेको छ । यसका लागि ढुवानीकर्ता एवं विक्रेता कम्पनीले मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामग्रीको सुविधासहित मजदूरको व्यवस्था गर्नुपर्नेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.