आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघ्यो, इटाली र स्पेनको अवस्था भयावह

बुधबार, १२ चैत २०७६, ०० : १७
बुधबार, १२ चैत २०७६

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार २ सय ७४ पुगेको छ । मंगलबार मात्र विश्वभर १७ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यसमध्ये सबैभन्दा बढी इटालीमा एकैदिन ७४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ८९ जनाको मृत्यु भएको छ । इरानमा चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ । उता, अमेरिकामा पनि एकैदिन ८१ जनाको मृत्यु भएको छ । विश्वभर एकैदिन ३० हजार ५ सय ७३ जना नयाँ संक्रमितहरु देखिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप