शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन डीआईजी एआईजीमा बढुवा, नयाँ आईजीपीको दौडमा थापा र पाल

मङ्गलबार, ११ चैत २०७६, २२ : ११
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जनालाई बढुवा गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरु शैलेश थापा, हरि पाल र तारिणिविक्रम लम्साललाई बढुवा गर्ने निर्णय गरिएको हो । गत फागुन १५ गते गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने संयोजकत्वको समितिले उनीहरुलाई बढुवाको सिफारिस गरेको थियो ।

तर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर लामो समय अस्पतालमा बस्नुपरेपछि सिफारिस अनुमोदन हुन ढिलाइ भएको थियो । 

यसअघि नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय  प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि प्रतिस्पर्धामा रहेका थिए । 

लम्साल हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची हुन् । डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको दावेदार भएपनि उनीहरु छुट्न पुगेका थिए। 

अबको ४ महिनापछि हाल बढुवा भएका थापा र पालमध्येबाट एक जना आईजीपी बन्नेछन् । एक नम्बरमा बढुवा सिफारिस भएपनि लम्साल भने उमेर हदका कारण आईजीपी बन्न पाउने छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप