बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन अवधिमा नेपाल टेलिकमको राहत प्याकेजः एडीएसएल तथा एफटीटीएचलाई निरन्तरता, ल्याण्डलाइनमा जरिवाना नलिने

मङ्गलबार, ११ चैत २०७६, २० : ४१
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं– कोरोनाभाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा नेपाल टेलिकमले ग्राहकको हितका लागि विभिन्न सेवाहरुको महसुल तिर्ने समयलाई थप गर्ने निर्णय गरेको छ । 

कोरोनाभाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

टेलिकमले पूर्ण लकडाउनमार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू निरन्तर उपलब्ध गराउने जनाएको छ । त्यसैगरी यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद पनि लकडाउन अवधिभरको लागि थप गर्ने बताएको छ ।

त्यसैगरी, कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने टेलिकमले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप