शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महावीर पुनलाई सहयोग गर्दैै थ्रेड ग्रार्मेन्टः कोरोना बिरामी जाँच्दा लगाउने पोसाक निःशुल्क सिलाइदिने

मङ्गलबार, ११ चैत २०७६, १८ : ५६
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं । यूवा उद्यमी कृष्णराज तिमिल्सनाले कोरोना संक्रमितको उपचारका लागि डाक्टरले लगाउने व्यक्तिगत सुरक्षा कबच निःशूल्क सिलाईदिने घोषणा गरेका छन् ।  थ्रेड ग्रार्मेन्टका प्रवन्ध निर्देशक समेत रहेका तिमिल्सिनाले बनाउने सामग्री र त्यसको डिजाइन उपलब्ध गराएमा २ दिनमा दक्ष कालिगढबाट सिलाई सकेर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

कोरोना भाइरस संक्रमितको उपचारका लागि डाक्टर तथा नर्सले अनिवार्य लगाउनुपर्ने उक्त सुरक्षा कवचको अभाव भएको खबर पाएपछि आफूले सो निर्णय गरेको उनले बताए । कच्चा सामग्री र डिजाइन दिएमा त्यसका लागि चाहिने दक्ष जनशक्ति र टेपिङ्ग मेसिन आफूसँग रहेको उनको भनाई छ । 

देश अप्ठेरोमा परेका बेला आफूले सकेको सहयोग गर्ने बताउँदै तिमिल्सिनाले त्रि.वि. शिक्षण अस्पताल काठमाडौँ र बि.पी.अस्पताल धरानबाट त्यस्तो ड्रेस बनाउने अनुरोध राष्ट्रिय आविष्कार केन्द्रलाई आएको थाहा पाएपछि सहयोग गर्न चाहेको उल्लेख गरेका छन् । 

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले फेसबुकमार्फत ड्रेसको डिजाईन, कच्चा सामग्री रहेको र सिलाउने टेलर चाहिएको भन्दै अनुरोध गरेका थिए । पुनले ४ सय थान सो ड्रेस सिलाएवापतको रकम पनि उपलब्ध गराउने बताएपनि तिमिल्सिनाले निःशूल्क सहयोग गर्ने घोषणा गरेका हुन् । 

तिमिल्सिनाले भनेका छन्, ‘यदि हामीले बनाउने सामग्री र डिजाइन पाएमा काम गर्ने कालीगढको उचित सुरक्षा ब्यवस्था गरि २ दिन मा ४०० पिस निःशूल्क बनाइदिने घोषणा हाम्रो थ्रेड गार्मेट टिम गर्दछ । हामी सङ्ग सो ड्रेस बनाउँदा चाहिने टेपिङ्ग मेसिन पनि उपलब्ध छ ।’  उनले महावीर पुनलाई डिजाइन उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप