बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वयुवराज पारसको अपील : एकजुट भएर कोरोना भाइरसको सामना गरौं

मङ्गलबार, ११ चैत २०७६, १७ : २८
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं । पूर्वयुवराज पारस शाहले मानवमाथि आइपरेको महामारीको जोखिम एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् ।

निजी फेसबुक पेजमा नेपाल लकडाउनसम्बन्धी सन्देश शेयर गर्दै पारसले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

पूर्वयुवराज पारसले भनेका छन्, ‘महासागर र सिमानाका परिधिभन्दा माथि मानवजातिमा आइलागेको महामारीको जोखिम हामीले सामूहिक रुपमा सामना गरिराखेका छौं । जीवन गुमाएका र अन्य मानव समुदायलाई दृष्टिगत गर्दै, कोरोना भाइरस नियन्त्रण गर्ने हामी सबैले संकल्प गरौं । एकजुट भएर कोरोना भाइरसको सामना गरौं ।’

नेपाल लकडाउनको सन्देशमा घरभित्र बस्ने, आफैं अलग्ग बस्ने, घरभित्र सुरक्षित बस्ने, सामाजिक दुरी, नीजि दुरी कायम गर्ने जस्ता सूचना उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप