बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना परीक्षण गर्न ४ वटा ल्याब थपियो, दैनिक ९०० नमुना परीक्षण गर्न सकिने

मङ्गलबार, ११ चैत २०७६, १५ : ५६
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामी बढ्न थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरेको छ । 

प्रयोगशालाले  ४ वटा ल्याब थप गरेको जनाएको छ ।  यसअघि प्रयोगशालामा एउटा ल्याबबाट मात्रै नमुना परीक्षण हुने गरेको थियो । काठमाडौंस्थित प्रयोगशालामा अब ५ वटा ल्याब भएसँगै कार्यसम्पादन गर्न सहज हुने जनाइएको छ । 

यसैबीच सोमबार संकलन भएका ५० नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६० वटा नमुनाको परीक्षण भइरहेको छ । 

कोरोनाभाइरस कोभिड (१९)को आंशकामा हालसम्म ६ सय ६० वटा नमुना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप