कतार एयरको फ्लाइटमा कोरोना संक्रमित युवतीसँगै आएका युवक क्वारेनटाइनमा

बुटवल । यहि चैत्र ४ गतेर कतार एयरवेजको फलाईटमा काठमाडौं आएकी कोरोना संक्रमित १९ वर्षीया नेपाली युवतीसँगै सोही फलाईटमा आएका बाग्लुङ्घका एक युवकलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्वर–५ अधिकारीचौरका अजय विकलाई घरमै सेल्फ क्वारेन्टाइनको ब्यबस्था मिलाएर फर्किएको नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए ।
‘उनीहरुका दुईवटा घर रहेछन्, एउटामा अजयलाई मात्र राखियो, अर्को घरमा उनका श्रीमती र छोराछोरीहरुलाई राखिएको छ’ मेयर नेपालीले भने । मेयर नेपाली र बुर्तिबाङ्घ स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्ला ठकुरी विकलाई भेटेर फर्किएका हुन् ।
डाक्टर ठकुरीका अनुसार विकको स्वास्थ्य अवस्था सामान्य छ । उनको अवस्था सामान्य देखिएकोले उनलाई सेल्फ क्वारेन्टाइनमा राखिएको मेयर नेपालीले बताए । उनी चैत्र ५ गते नै घर पुगेको बताइएको छ । विक कतारको वैदेशिक रोजगारबाट फर्किएका हुन् । कोरोना भाईरसमा देखिने कुनै प्रकारको लक्षण उनमा नदेखिएको डाक्टर मल्लले बताए । ती नेपाली युवती फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक