शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख सहयोग गर्ने

मङ्गलबार, ११ चैत २०७६, १३ : ५३
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोनाभाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका नेपाल धितोपत्र बोर्डले कोरोनाभाइरस उपचार कोषमा ५० लाख रकम जम्मा गर्ने जनाएको छ ।

हाल नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न नेपाल सरकारबाट आव्हान गरिए बमोजिमको ‘कोरोना भाइरस संक्रमण रोगथामएवं नियन्त्रण उपचार कोष’मा नेपाल धितोपत्र बोर्डको तर्फबाटरु ५० लाख जम्मा गर्ने व्यवस्था गरिएको बोर्डले एक विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

विपत्तीको घडिमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पुँजी बजारका सबै सहभागीहरु नेप्से, सिडीएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु¥याउन समेत नेपाल धितोपत्र बोर्डले अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप