जी–७ राष्ट्रको नेतृत्वसँगै एकल पिताको भूमिका निभाउँदै ट्रुडेउ

समाचार सुखद् थिएन । जस्टिन ट्रुडेउकी पत्नी सोफी ग्रेगरी बेलायतको भ्रमण पश्चात कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ मात्र भेटिएकी थिइनन्, यसको अर्थ क्यानाडाका प्रधानमन्त्री आफ्नो तीन सन्तानसहित तत्कालै क्वारेन्टाइनमा जानुपर्ने थियो ।
सबैजना ओटोवामा रहेको ऐतिहासिक रिडेउ कटेजमा रहे पनि ग्रोगरीलाई आफ्नो परिवारबाट टाढा राखिएको छ । त्यहाँ बच्चाहरुको हेरचार गर्नका लागि कोही सहयोगी, हजुरबुवा या आमा, खाना पकाउने कोही पनि छैनन् ।
यतिबेला ट्रुडेउले शताब्दीमा एक पटक आउने महामारीविरुद्ध क्यानाडाको नेतृत्वमात्र गरिरहेका छैनन्, एकल अभिभावको जिम्मेवारी पनि सँगसँगै निर्वाह गरिरहेका छन् ।
‘यस्तो बेला एक जी–७ राष्ट्रलाई सञ्चालन गर्न ठूलो चुनौति छ । उनले त्यो आफ्नो पछाडि बच्चाहरु कुदिरहँदा, लेगो खेलिरहँदा गरिरहेका छन् । तर, यो अन्य क्यानेडाली नागरिकले गरिरहेको काम भन्दा फरक भने छैन । सबै घरबाटै काम गरिरहेका छन्,’ प्रधानमन्त्रीका सूचना निर्देशक क्यामरन अहमद भन्छन् ।
अहमदका अनुसार उनी दिनभर फोनमा व्यस्त रहन्छन्, आफै आफ्नो भाषण प्रिन्ट गर्छन् । ‘कहिलेकाहीँ हामी पछाडि बच्चाहरु कराइरहेको पनि सुन्छौँ,’ उनी भन्छन्, ‘उनले दुवै काम सफलतापूर्वक पूरा गरिरहेका छन् ।’
ट्रुडेउको परिवारमा उनको पत्नीसहित तीन सन्तान रहेका छन् । जेभियर १२ वर्ष, एला ग्रेस ११ वर्ष र हेड्रियन ६ वर्ष ।
छोरी एला ग्रेस अहिले उनको फोटोग्राफर बनेकी छिन् । उनले आफ्नो पिताले जी७ राष्ट्रका अन्य नेताहरुसँग गरेको भिडियो कन्फरेन्स गर्दैै गरेको फोटो खिचेकी थिइन् । ट्रुडेउले उक्त फोटो आफ्नो इन्सटाग्राममा हालेका छन् ।
‘उनी पिताको भूमिका निभाउन खुसी छन् । यतिबेला उनले आफ्नो सन्तानसँग धेरै समय बिताउन पाइरहेका छन्,’ अहमदले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर