कोरोनाको नियन्त्रणमा सरकारको मात्र मुख नताकौं
विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको संक्रमणमा फसेपछि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको प्रकोपको घोषणा गरेको सर्वविदितै छ ।
यसबाट मुक्ति पाउन विश्व समुदाय एकजुट भएर भगिरथ प्रयास गरिराखेतापनि यसलाई नियन्त्रण ल्याउन कठिन भइराखेको देखिन्छ । यस महामारीले दिन प्रतिदिन मृतकको संख्या बढ्दै छ भने विश्व जनसमुदाय आंतकित बनेको छ ।
आतंकित बन्नुको एउटा कारण सञ्चार माध्यम र समाजिक संजालको अधिकतम विकास र प्रयोग पनि हो जसले आज संसार एउटा मोबाइलमा कैद भएको छ र ती सामाजिक संजालमा प्रकाशित विभिन्न खालका सही गलत खबरहरुले जनमानसलाई आतंकित बनाएको छ । यी माध्यमहरुका फाइदा–बेफाइदा दुवै छन् ।
फाइदा हेर्ने हो भने महामारी सम्बन्धी जानकारी, जनचेतना र उपचारबारे सजिलै स“ग थाहा पाउन सकिन्छ । मृतकहरुको संख्याको कुरा गर्दा, विश्वको करिव ५.५ अरव जनसंख्यामा महामारीबाट हालसम्म जतिजना मरे त्यसमा कति थपिन सकिन्छ भन्ने कुराको कुनै निक्र्योल छैन । यस महामारीलाई जति सक्दो चा“डो नियन्त्रणमा लिनु सिवाय अर्को उपाय छैन । त्यसैले विश्व समुदाय जसरी भएपनि यसलाई नियन्त्रणमा लिन लागिपरेका छन् ।
नेपाल सरकारले पनि यस महामारीबाट बच्न र बचाउन दिनदिनै एकपछि अर्को क्रान्तिकारी निर्णय लिँदैछ । निर्णयहरु के–के लिए स्वयम आप्mनै सरकारी निकायहरुलाई थाहा नभएको जस्तो देखिन्छ । निर्णयको कार्यान्वयन पक्ष फितलो भएको महसुस गरिएकोछ । सरकारबाट गठित कोरोना नियन्त्रण समितिमा सरकारी कर्मचारीका विज्ञहरु मात्र राख्दा आपूm भन्दा माथिका माथिल्लो तहका कर्मचारी, सचिव वा मन्त्रीज्यूहरुको कुरा काट्न नमिल्ने र खुलेर कुराकानी गर्न नसकिने अवस्थामा प्रभावकारी र व्यवहारिक निर्णय नहुन सक्ने सम्भावना रहन्छ । त्यसैले सो समितिमा गैरसरकारी निकायका विज्ञहरुका प्रतिनिधिहरु पनि उल्लेखिए रुपमा हुनु जरुरी देखिन्छ । हालका केही सरकारका नीतिगत निर्णयहरु प्राविधिक पक्षको रायसुझाव भन्दा राजनैतिक प्रचारमुखी बढी देखिएको छ ।
स्वास्थ्यसम्बन्धी महामारी भएको हुनाले अवश्यपनि यो विषय देशमा भएका स्वास्थ्य संस्था (सरकारी–निजी) चिकित्सक र स्वास्थ्यकर्मीहरुको जिम्मेवारी भित्र पर्दछ । केही स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मीबाहेक अधिकांश स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु आप्mनो महामारी प्रतिको दायित्वबाट अलग र अनभिज्ञ देखिन्छन् । यी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमा उच्च मनोवल हुनुको सट्टा सबै त्रसित र पन्छिने प्रवृत्ति देखिएको छ । यस्तो अवस्थामा कसरी महामारीमाथि नियन्त्रण पाउन सकिन्छ ? यदि विदेशी राष्ट्रहरुले सहयोग गरिहाल्छ भन्ने सोचाइ हो भने हाल यो स्थिति पनि देखिदैंन र आप्mनो स्वास्थ्यप्रणाली बलियो नभई विदेशी सहयोगले मात्र काम गर्दैन भन्ने कुरापनि हामी सबैले बुझेका छौं ।
अर्कोतिर केही गिरोहहरु कोरोनाबारे अनगल प्रचार गरी समाजमा असहज स्थिति पैदा गर्ने काममा जुटेका छन् । त्यति मात्र हैन ती गलत प्रचारलाई हामी सामाजिक संजालमा शेयर माथि शेयर गर्दै अझ असहज स्थिति पैदा गराइरहेका छौं । केही बृद्धिजिविहरु सरकारको कार्यलाई नकारात्मक किसिमले व्याख्या गर्दै देश र जनताप्रतिको दायित्व विर्सदै छन् । यसले पनि असहज स्थिति सृजना गरेको छ । स्थानीय सरकार, व्यवसायी र संघ संस्थाहरुको कार्य र सहयोगका हातहरु व्यवहारिक भन्दा बढि प्रचारमुखी देखिन्छन् ।
होटल, लज, रंगशालालाई लिएर र ७२ घण्टामा अस्पताल बनाएर कोरोना नियन्त्रण हु“दैन । यी संस्थालाई कसरी सञ्चालन गर्ने भन्ने तयारी जरुरी हुन्छ । कुनैपनि भवन र अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई Personal Protective Equipment (PPE) को व्यवस्था नभएमा बिरामी आउनासाथ सबैजना भागाभाग हुने अवस्था आउनसक्छ । महामारीबाट मृत्युको खबर सुन्दा–सुन्दा त्रसित भएका स्वास्थ्यकर्मीमा कतै जोसजा“गर र सबल मनोवल देखिंदैन । त्यस्तै सबैमा आ–आप्mनो जिम्मेवारी सहयोग गरेको जस्तो गरेर पन्छाउने परिपाटी देखिएको छ । सबै तयारी सतहमा मात्र भएको र गहिराइसम्म पुगेर व्यवस्थापन गरेको देखिँदैन । त्यसैगरी सूचना हकको कुरा गरी सञ्चार माध्यमबाट भ्रामक समाचार प्रशारण र प्रकाशनले झन जनता आतंकित बनेका छन् । हामी सबैले आ–आफ्नो स्थानबाट सकारात्मक जिम्मेवारी निभाउनुपर्छ, सरकारलाई मात्र दोष दिएर केही हु“दैन ।
विकसित मुलुकहरुले समेत नियन्त्रण गर्न नसकेको अवस्थामा हाम्रो देशको स्थिति के होला सजिलैस“ग अनुमान लगाउन सकिन्छ । मास्क पाएन भनेर हल्ला गर्नुको सट्टा घरमा आप्mै कपडाको मास्क बनाएर लगाऊ । हात धुने सेनिटाइजर पाएन भनेर खबर प्रशारण गर्नु भन्दा साबुन पानीले हात धुनेमा जोड दिऔं । ग्यासको अभाव छ भने बिजुली प्रयोग गरौं । कालो बजारियालाई हामीले नै बढुवा दिएका छौं किनकि सामानहरु भण्डार गर्न थालेपछि अवश्य पनि कालोबजारी बढ्छ । डिजेल र पेट्रोल खाने होइन, नपाए के हुन्छ, मरिंदैन । त्यसैले बैकल्पिक उपाए सोचौं र प्रयोग गरौं । सामान पाएन कालोबजारी बढ्यो भनेर हल्ला नगरौं । महामारीको नियन्त्रणको साटो सरकारको ध्यान आपूर्ति तिर गएको देखिन्छ र यसलाई हामी सुल्झाऔं ।
विगतमा झाडाबान्ताबाट हजारौं बच्चाहरुको मृत्यु हुन्थ्यो । नुन, चिनी, पानी घरमा नै बनाएर पिलाउन, भन्ने सन्देशले हजारौं बच्चाहरुको ज्यान बचेको थियो । महामारीको कुरा आउ“दा आम जनताहरुले सजिलैस“ग प्रयोग गर्न सक्ने र उपलब्ध हुने विधिको खोजी गरौं र सरकारलाई सुझाव सल्लाह दिएर सघाऔं ।
हाम्रा सिमित स्रोत साधन छन् । वर्षौदेखि अव्यवस्थित तरिकाले राज्य व्यवस्था सञ्चालन भएको छ । यस्तो अवस्थामा महामारी नियन्त्रण र उपचार गर्न सरकारबाट मात्र संभव देखिँदैन । यसमा आम नागरिकको पनि उत्तिकै सहयोग र जिम्मेवारीको आवश्यकता पर्दछ । कोरोना संक्रमणको ५ तह यी हुनः– पहिलो कोरोना संक्रमणको शंका भएका जसलाई क्यारिन्टाइनमा राखिन्छ । दोस्रो कोरोना संक्रमित भएको लक्षण देखिने जसलाई आइसोलेसन (अरुभन्दा वेग्लै) राखिन्छ ।
तेस्रो छातिको संक्रमणबाट श्वासप्रश्वासमा समस्या भए अस्पताल भर्ना उपचार गर्नुपर्छ र चौथौं श्वासप्रश्वासमा जटिलता आएर आईसीयु–भेन्टिलेटरमा राखी उपचार गर्ने । कोरोना संक्रमण हुनासाथ मरिँदैन, ९५ प्रतिशत साधारण उपचारबाट ठिक हुन्छ । ५ प्रतिशतमा मात्रै जटिलता आउ“छ । त्यसमध्ये एक देखि ३ प्रतिशतसम्मको मृत्यु हुनसक्छ । यो तथ्यलाई ध्यानमा राखी भविष्यमा हुन सक्ने महामारीको नियन्त्रणको लागि सरकारलाई केही सुझाव राख्नु चाहन्छु ।
१. प्रत्येक घरले परिवारको लागि एउटा आइसोलेसन कोठा तयार गर्ने । पहिलो र दोस्रो तहका बिरामीहरुलाई विषेश उपचार चाहिदैंन । यी तहका बिरामीहरुको संख्या अत्याधिक मात्रामा हुन्छ । त्यसैले घरमा नै उपचार गर्न सकिन्छ ।
२. प्रत्येक रुघाखोकी, ज्वोरो, विदेशबाट आएका र कोरोना संक्रमण बिरामीहरुलाई घरको आइसोलेसन कोठामा राख्ने ।
३. सबै ज्वरो आएका बिरामीलाई कोरोना सम्झेर घरमै छुट्टै कोठामा राखी उपचार गर्ने ।
४. घरमा आइसोलेसन मा बसेका बिरामीहरुलाई कोरोनाको जा“च नगरौं र जा“च गर्नको लागि अस्पताल पनि नलगौं किनकी अस्पताल लग्दा अरुलाई संक्रमण फैलन सक्छ । आवश्यक परे घरबाटै नमूना संकलन गर्ने व्यवस्था मिलाउनु पर्छ । महामारीको प्रकोप फैलियो भने भविष्यमा जा“च गर्ने किटको पनि अभाव हुनेछ ।
५. यदि श्वासप्रश्वासमा समस्या देखियो भने तुरुन्त कोरोना उपचार गर्ने अस्पताललाई फोन गर्ने र एम्बुलेन्सद्धारा उद्धार गर्ने ।
६. यदि ज्वरो खोकी र पहेंलो खकार आएको छ भने १ कोर्ष एन्टिवायोटिक खान दिने यसको लागि सरकारले उपचार प्रोटोकल बनाउने ।
७. स्वास्थ्य मन्त्रलायले अनलाइन चिकित्सकहरुको परामर्शको व्यवस्था गर्ने । नेपाल मेडिकल काउन्सिल र चिकित्सक संघले चिकित्सकहरुको सम्पर्क नम्बर, परामर्श चाहने बिरामीको लागि संचार माध्यमबाट प्रकाशित गर्ने र चिकित्सकहरुले बिरामीहरुलाई आवश्यक परामर्श दिने ।
८. यदि घरमा आइसोलेसन बनाउने ठाउ“छैन भने वडा–वडामा एक–एक वटा घरलाई आइसोलेसनको लागि तयार बनाउने वा त्यस वडाको होटल वा लजलाई प्रयोग गर्नको लागि सम्पुर्ण तयारी अवस्थामा राख्ने ।
९. अहिले भारतको नाका भएर सिमाबाट भित्रने नेपालीहरुलाई रोक्न सकिंदैन र आप्mनो नागरिकहरुलाई रोक्न पनि मिल्दैन । ती बाहिरबाट आएका नेपाली घर भित्रै आइसोलेसन गरी राख्ने । त्यसमा छिमेकीहरुले कडाइका साथ निग्रानी गर्ने र बाहिर घुमफिरजानबाट रोक्ने ।
१०. कुनैपनि बिरामीहरुलाई यदि वडाबाट रिफर गर्नुप¥यो भने सम्बन्धित जिल्ला अस्पताल वा कोरोना केयर सेन्टरमा मात्रै रेफर गर्न पाउने । एक प्रदेशबाट अर्काें प्रदेशमा रेफर गर्न नपाउने । जथाभावी, जहातही रेफर गर्दा संक्रमण झन फैलन सक्छ यसलाई व्यवस्थित गर्ने ।
११. कोरानाबाट संक्रमित बिरामीलाई श्वासप्रश्वासको समस्या देखा परेमा तुरुन्त जिल्लाको कोरोना केयर सेन्टरमा खबर गर्ने र त्यहि अनुसारको उद्धार कार्य गर्ने ।
१२. कोरोनाबाट मृत्यु भएका बिरामीको शवलाई उचित व्यवस्थापन गर्ने ।
१३. कोरोनाको नियन्त्रणको क्रममा अन्य बिरामीहरुका स्वास्थ्य उपचारमा नकारात्मक प्रभाव नहोस भन्नको लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सजग राख्ने ।
अन्तमा यस विषम परिस्थितिमा सावधानी, सर्तकता अपनाऊ, त्रसित र आतंकित नबनौं र अरुलाई पनि नबनाऊ । सरकारको निर्देशन पालना गर्दै सबैले आ–आप्mनो जिम्मेवारी सही तरिकबाट निभाऔं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो