भरतपुरको कोरोना विशेष अस्पतालमा एक बिरामीको मृत्यु, डाक्टर भन्छन्–कोरोनाको पुष्टि भएको छैन

काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दानी ३० वर्षीय वीरगन्जका बिरामी रहेको भरतपुरमा केहीदिन अघि मात्रै निर्माण गरिएको कोरोना विशेष अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए ।
उनले ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि नभएको बताए । ‘हामीले कोरोनाको पनि संक्रमण हुन सक्ने भएकाले नुमना परीक्षणका लागि पठाएका छौं । रिपोर्ट आज बेलुकासम्म आइपुग्छ’, उनले रातोपाटीसँग भने ।
रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले हामीले नमुना संकलन गरेर पठाएका छौं । जे पनि रिपोर्ट आउन सक्छ तर उहाँ मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल कलेज (केएमसी)मा फलोअपमा आउने बिरामी हो’, उनले थपे ।
उनका अनुसार ती बिरामी केएमसीमा फागुन ९ गते भर्ना भएका थिए भने हिजोमात्रै कोरोना विशेष अस्पतालको आईसीयुमा रिफर गरिएको थियो ।
उनको शब हाल भरतपुर विशेष अस्पतालको शवगृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला