भरतपुरको कोरोना विशेष अस्पतालमा एक बिरामीको मृत्यु, डाक्टर भन्छन्–कोरोनाको पुष्टि भएको छैन
काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दानी ३० वर्षीय वीरगन्जका बिरामी रहेको भरतपुरमा केहीदिन अघि मात्रै निर्माण गरिएको कोरोना विशेष अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए ।
उनले ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि नभएको बताए । ‘हामीले कोरोनाको पनि संक्रमण हुन सक्ने भएकाले नुमना परीक्षणका लागि पठाएका छौं । रिपोर्ट आज बेलुकासम्म आइपुग्छ’, उनले रातोपाटीसँग भने ।
रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले हामीले नमुना संकलन गरेर पठाएका छौं । जे पनि रिपोर्ट आउन सक्छ तर उहाँ मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल कलेज (केएमसी)मा फलोअपमा आउने बिरामी हो’, उनले थपे ।
उनका अनुसार ती बिरामी केएमसीमा फागुन ९ गते भर्ना भएका थिए भने हिजोमात्रै कोरोना विशेष अस्पतालको आईसीयुमा रिफर गरिएको थियो ।
उनको शब हाल भरतपुर विशेष अस्पतालको शवगृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण