मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु

मङ्गलबार, ११ चैत २०७६, ०९ : ४६
मङ्गलबार, ११ चैत २०७६

भारतमा कोरोना भाइरसको संक्रमणका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु भएको छ ।

बंगालमा सोमबार ५७ वर्षका एक व्यक्ति र हिमाचलमा अमेरिकाबाट फर्किएका तिब्बतीको मृत्यु भएको छ । यसअघि आइतबार मुम्बईमा ६३ वर्षका एक बिरामीको मृत्यु भएको थियो । त्यसै दिन पटनामा ३८ वर्षका बिरामी र गुजरातको सुरतमा ६७ वर्षका वृद्धको मृत्यु भयो ।

सुरतमा जुन वृद्धको मृत्यु भयो उनी दमका बिरामी थिए । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यस्तै, कांगडा जिल्लामा सोमबार बिहान अमेरिकाबाट फर्किएका एक वृद्धको अस्पतालमा मृत्यु भएको छ । मृत्युपछि परीक्षण गर्दा उनलाई कोरोनाको संक्रमण भएको पत्ता लाग्यो । उच्च ज्वरो र रुघा खोकी लागेपछि उनलाई प्राइभेट अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि बंगालमा भाइरसबाट संक्रमित ५७ वर्षका व्यक्तिको पनि मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप