शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटलीपछि स्पेन बन्यो कोरोना भाइरस संक्रमणको दोस्रो ठूलो केन्द्र

मङ्गलबार, ११ चैत २०७६, ०७ : ०८
मङ्गलबार, ११ चैत २०७६

चीनपछि अब युरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।

युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा गम्भीर स्थिती निम्तिएको छ ।

 स्पेनमा अहिलेसम्म २ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३५ हजार १ सय ३६ पुगेको छ ।

यहाँ एकैदिन ५ सय ३९ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ३ हजार ३ सय ५५ निको भएर घर फर्किसकेको छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजले यो महामारीसँग लड्नका लागि जे आवश्यक पर्छ त्यो सरकारले पूरा गर्ने बताएका छन् ।

उनले जनतालाई सचेत गराउँदै भने, ‘थप जटिल परिस्थित आउनै बाँकी छ ।’

स्पेनमा संकटकाल

स्पेनमा कोरोना भाइरससँग लड्नका लागि संकटकालको घोषणा गरिएको छ ।

१५ मार्चदेखि लागू गरिएको यो संकटकाललाई थप बढाउने योजना छ ।

स्पेनको राजधानी मेड्रिड यो महामारीको केन्द्र बनेको छ ।

प्रधानमन्त्रीले शहरमा बनेको पुरोना घरलाई सेनाले स्यानिटाइज गर्ने जानकारी दिएका छन् ।

इटलीमा खतरनाक स्थिती पैदा भएपछि अब स्पेन पनि बचाउका विभिन्न उपाय अपनाइरहेको छ ।

यसका लागि मानिसहरुलाई सार्वजनिक स्थानबाट टाढा रहन कडा कानून अपनाइँदैछ ।

बिरामीको संख्या हेरेर देशभरी इमर्जेन्सी अस्पताल बनाइँदै छन् ।

मानिसहरुलाई घरभित्रै बस्न अपिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप