इटलीपछि स्पेन बन्यो कोरोना भाइरस संक्रमणको दोस्रो ठूलो केन्द्र
चीनपछि अब युरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।
युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा गम्भीर स्थिती निम्तिएको छ ।
स्पेनमा अहिलेसम्म २ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३५ हजार १ सय ३६ पुगेको छ ।
यहाँ एकैदिन ५ सय ३९ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये ३ हजार ३ सय ५५ निको भएर घर फर्किसकेको छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजले यो महामारीसँग लड्नका लागि जे आवश्यक पर्छ त्यो सरकारले पूरा गर्ने बताएका छन् ।
उनले जनतालाई सचेत गराउँदै भने, ‘थप जटिल परिस्थित आउनै बाँकी छ ।’
स्पेनमा संकटकाल
स्पेनमा कोरोना भाइरससँग लड्नका लागि संकटकालको घोषणा गरिएको छ ।
१५ मार्चदेखि लागू गरिएको यो संकटकाललाई थप बढाउने योजना छ ।
स्पेनको राजधानी मेड्रिड यो महामारीको केन्द्र बनेको छ ।
प्रधानमन्त्रीले शहरमा बनेको पुरोना घरलाई सेनाले स्यानिटाइज गर्ने जानकारी दिएका छन् ।
इटलीमा खतरनाक स्थिती पैदा भएपछि अब स्पेन पनि बचाउका विभिन्न उपाय अपनाइरहेको छ ।
यसका लागि मानिसहरुलाई सार्वजनिक स्थानबाट टाढा रहन कडा कानून अपनाइँदैछ ।
बिरामीको संख्या हेरेर देशभरी इमर्जेन्सी अस्पताल बनाइँदै छन् ।
मानिसहरुलाई घरभित्रै बस्न अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण