सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

कोरोना महामारीः एकैदिन विश्वभर १६ सयभन्दा बढीको मृत्यु (अपडेट)

मङ्गलबार, ११ चैत २०७६, ०० : १७
मङ्गलबार, ११ चैत २०७६

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट इटाली र स्पेनमा एकैदिन १ हजारभन्दा बढीको मृत्यु भएको छ । चौबिस घण्टाभित्र ती दुई देशमा १ हजार ३६ जनाको मृत्यु भएको हो । सोमबार सार्वजनिक रिपोर्टअनुसार इटालीमा एकैदिन ६ सय १ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ३५ जनाको मृत्यु भएको छ ।

इटालीमा एकैदिन ४ हजार ७ सय ८९ जना नयाँ कोरोना संक्रमितहरु देखापरेका छन् । योसहित इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरको संख्या ६३ हजार ९ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ ।

त्यस्तै स्पेनमा एकैदिन ४ हजार ३ सय २१ ज्ना नयाँ कोरोना संक्रमित बिरामीहरु भ्ेटिएका छन् । योसहित स्पेनमा कोरोनाबाट संक्रमितहरुको संख्या ३३ हजार ८९ पुगेको छ भने मृत्यु हुनेका संख्या २ हजार २ सय ७ पुगेको छ । त्यस्तै सोमबारै फ्रान्समा १ सय ८६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या १६ हजार ६ सय ८९ पुगेको छ ।

त्यस्तै इरानमा एकैदिन १२७ जनाको मृत्यु भएको छ । यीसहित विश्वभर २४ घण्टाभित्रै मृत्यु हुनेको संख्या १६६९ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोनाका कारण मर्नेको संख्या १६ हजार ३ सय ७ पुगेको छ भने संक्रमितहरुको बिरामीको संख्या ३ लाख ६८ हजार ९ सय ३६ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप