कोरोना भाइरसका कारण २३ इटालियन डाक्टरको मृत्यु
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण २३ इटालियन डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको महामारी सुरु भएयता २३ डाक्टरहरुको मृत्यु भएको हो । इटालियन चिकित्सक संघकाअनुसार मृत्यु भएका २३ मध्ये १९ जना लोम्बर्डी क्षेत्रमा काम गर्ने डाक्टरहरु हुन् । लोम्बर्डी क्षेत्र इटालीको सबैभन्दा बढी कोरोना भाइरस संक्रमणको चपेटामा परेको क्षेत्र हो ।
अन्य ४ जना डाक्टर भने उत्तरी इटालीको इमिलिया रोमाग्ना, दक्षिणी इटालीको नेपल्स, मध्य इटालीको मर्चै क्षेत्रमा कार्यरत रहेका थिए । इटालीमा ४ हजार ८ सय २४ स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । यद्यपि, संघले केही डाक्टरहरुको अचानक मृत्यु भएकोले सिधै भाइरसको संक्रमणबाटै मृत्यु भएको हो कि होइन पुष्टि हुन बाँकी रहेको जनाएको छ ।
इटालीमा उक्त भाइरस संक्रमणका कारण हालसम्म झण्डै ६ हजार जनाको मृत्यु भैसकेको छ भने ५९ हजार १ सय ३८ जनामा संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण