शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुद्ध एयरले बन्द गर्यो ६ वटा जहाज, विस्तारै अरू उडानहरू पनि कम गर्ने

सोमबार, १० चैत २०७६, १७ : ३५
सोमबार, १० चैत २०७६

कोभिड– बुद्ध एयरले आफ्ना कर्मचारी र यात्रुको हितलाई मध्यनजर गर्दै आफ्ना १३ जहाज मध्ये ६ वटालाई बन्द गरी जगेडामा राख्ने भएको छ । बुद्धले विस्तारै अरू उडानहरू पनि कम गर्ने बताएको छ ।

उडान सेवालाई नियमित सञ्चालन गर्न आवश्यक कर्मचारीलाई आलोपालो प्रणाली अपनाउने तथा बाँकीलाई तलबी बिदा दिई घरमै बस्न निर्देशन दिइसकेको कम्पनीले जनाएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) को महामारी संसारैभरि फैलिएसँगै नेपाल सरकारले सतर्कता अपनाउन गरेको अग्रहलाई आत्मसाथ गर्दै यात्रुहरुको सुविधालाई ध्यानमा राखी विस्तारै बुद्धका अन्य उडान पनि कम गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विशेषज्ञहरुले यदी काठमाडौंमा इटली वा अमेरिकाजस्तो कहर आयो भने लाखौं जनसंख्या प्रभावित हुने र हजारौंको ज्यान जोखिममा पर्न सक्ने अनुमान गरिरहेका छन् । यसबाट बच्ने एक मात्र उपाय घरमै बस्नु हो ।

घरभित्रै बस्ने, स्वस्थ्य खानपान, योगलगायतमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । छिमेकी राष्ट्र भारतले  ‘जनता कर्फयू’ उपाय अवलम्वन गरिसकेको अवस्थामा नेपालले पनि विशेष सतर्क हुन आवश्यक ठानी उडान कम गर्ने निर्णयमा पुगेको कम्पनीले बताएको छ ।

बुद्ध एयरले पनि आफ्ना कर्मचारी र यात्रुको हितलाई मध्यनजर गर्दै आफ्ना १३ जहाज मध्ये ६ वटालाई बन्द गरी जगेडामा राख्न लागेको हो । विस्तारै अरू उडानहरू पनि कम गर्ने बुद्धले जनाएको छ । 

उडान सेवालाई नियमित सञ्चालन गर्न आवश्यक कर्मचारीलाई आलोपालो प्रणाली अपनाउने तथा बाँकीलाई तलबी बिदा दिई घरमै बस्न निर्देशन दिइसकेको छ ।

आजको प्रमुख आवश्यकता सम्पूर्ण क्रियाकलापलाई तुरुन्त बन्द (लकडाउन) गरी घरमै सुरक्षित बस्नु भएकाले सवैलाई सुरक्षित घरभित्रै रहन आग्रह गर्दै बुद्धले स्थिती सामान्य भएपछि आफ्ना सवै उडान सुचारु गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप