अन्य जिल्लाबाट आएका सवारीसाधनलाई चितवन प्रवेशमा रोक
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ । सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो ।
चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बतए ।
चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर, पुलचोक, मुग्लीङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो ।
निजी सवारी साधन र मालवाहक साधनहरु भने सञ्चालन गर्न दिइएको छ । त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्मको हिरो बन्दै भाइरल गायक अशोक दर्जी
-
राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?