सुनसान बसपार्क र विमानस्थल (फोटोफिचर)
काठमाडौं । दिनहुँ भिडभाड रहने राजधानीको गोंगबुस्थित नयाँ बसपार्क सोमबार सुनसान छ ।
कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले सोमबारदेखि नै लागू हुनेगरी लामो दूरीको यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएसँगै बसपार्क पनि सुनसान बनेको हो । यस्तै अहिले सर्वसाधारणलाई घरबाहिर समेत ननिस्कन आग्रह भएअनुसार सर्वसाधारण सडकमा पनि छिटफुट मात्रै देखिन्छन् ।
बसपार्कलगायतका क्षेत्रमा घर जानका लागि हजौंरौं यात्रु पुगेपछि वितेको केहीदिन भने थप भिडभाड देखिन्थ्यो ।
उता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा पनि चहलपहल देखिँदैन । सरकारले विदेशबाट आउने अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ भने नेपालबाट आज ४ वटा फ्लाइट हुँदैछ । आन्तरिकतर्फ भने निर्वाध रुपमा जहाज चलिरहेका छन् ।
नेपालमा कोरोना भाइरस दुई जनामा देखिइसकेको छ। एक जना चीनबाट आएका नेपाली र अर्का एक जना फ्रान्सबाट आएका नेपालीमा संक्रमण देखिइसकेको छ । चीनबाट आएका नेपाली अहिले निको भइसकेपनि फ्रान्सबाट नेपाल आएका नेपालीको भने उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का