बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद यादवले कोरोना कोषमा आफ्नो एक महिनाको तलब दिने

सोमबार, १० चैत २०७६, १३ : ५०
सोमबार, १० चैत २०७६

काठमाडौं चैत १०–समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

सरकारले हिजो मन्त्रीपरिषद्को बैठकबाट ५० करोडको एउटा केन्द्रीय कोष घोषणा गरेको थियो । जसमा प्रधानमन्त्री र मन्त्रीहरुले एक–एक महिनाको तलब राख्ने निर्णय गरेको थियो । आवश्यक परे सांसदहरुलाई पनि सो कोषमा रकम राख्नका लागि आग्रह गर्ने निर्णय भएको थियो ।

सोही अनुसार सांसद यादवले आज पर्साबाट सो कोषमा एक महिनाको तलब राख्ने घोषणा गरेका हुन् । उनले पर्सामा फुटपाथाम व्यापार गरिरहेकाहरुलाई हिजो सेनिटाइजर र मास्क समेत बाँडेका थिए । उनीले गाउँ–गाउँमा पनि बाँड्ने सोच बनाएका छन् ।

सदस्य सांसद यादवले विश्वभरी फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि सबैबाट सचेतना हुनुपर्ने कुरामा जोड दिँदै सरकारले स्थापना गरेको कोषलाई पनि बलियो बनाउन सर्वसाधारणमा आग्रह गरे ।

महामारीको रुपमा फैलिएको कोरोनाको कारण कुनै बेला जे पनि हुनसक्छ त्यसैले रोकथामका लागि जस्तो सुकै कदम सरकार उठाउन सक्छ त्यसका लागि कोषलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप