बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ‘के घर के डेरा’को छायाँकन रोकियो

सोमबार, १० चैत २०७६, १२ : ४२
सोमबार, १० चैत २०७६

काठमाडा‌ै । चलचित्र ‘के घर के डेरा’ले छायाँकन रोकिएको छ । कोरोना त्रासका बीच राज्यले पनि चलचित्रका गतिविधि रोक्न आह्वान गरेको समयमा सतर्कता अप्नाउदै चलचित्र छायाँकनको काम रोकिएको 
निर्देशक सुब्रतराज आचार्यले जानकारी दिए ।

चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा)ले स्वास्थ्य पहिलो रोजाई रहेकोले छायाँकन स्थगित गरिएको बताए ।  ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे चलचित्र बनाउँदै गरौँला’, उनले भने ।

चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहनेछ । यसअघि उनीहरुले चलचित्र ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा  वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ । ‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप