फेवातालमा एक पुरुषको शव फेला
सोमबार, १० चैत २०७६, १२ : ०७
पोखरा । फेवातालमा एक जनाको शव फेला परेको छ । बिहान करिब ९ः ४५ बजे लेकसाइडस्थित गौरीघाटमा शव फेला परेको हो । पोखरा महानगरपालिका ६ लेकसाईड स्थित नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव झिक्न नेपाल आर्मी सेकन्ड रेन्जर वटालियनका विष्णु थापामगरको कमान्डको टोली र नेपाल प्रहरी बैदामबाट खटिएको इन्सपेक्टर बुद्धिसागर गिरीको कमाण्डमा खटिएको टोलीले फेवातालमा तैरिइरहेको शव झिकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’