शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारका दोषी हलिउड फिल्म निर्माता वाइनस्टीनलाई कोरोना भाइरसको संक्रमण, जेलभित्रै ‘आइसोलेशन’

सोमबार, १० चैत २०७६, १० : ४५
सोमबार, १० चैत २०७६

बलात्कार र यौन अपराधको मामलामा सजाय काटिरहेका हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार वाइनस्टीनलाई एल्डेन (न्यूयोर्क) को वेन्डे करेक्शनल फ्यासिलिटीमा आइसोलेशनमा राखिएको छ ।

एक जेल अधिकारीका अनुसार वेन्डे करेक्सनल फ्यासिलिटीमा अन्य दुई कैदीमा कोरोनाको संक्रमण देखिएको छ । बलात्कार र यौन अपराधको मामलामा उनलाई २३ वर्षको कारावास सुनाइएको छ ।

वाइनस्टीनलाई एक महिना अघि मात्रै दोषी ठहर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप