शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानमा हुने ओलम्पिकमा क्यानाडाले खेलाडी नपठाउने, जापानले भन्यो, ‘स्थगित हुनसक्छ’

सोमबार, १० चैत २०७६, ०९ : ०५
सोमबार, १० चैत २०७६

क्यानाडाले जापानमा हुने ओलम्पिक खेलमा आफ्नो खेलाडी र टोलीलाई नपठाउने घोषणा गरको छ । कोरोनाभाइरसको महामारीको त्रासबीच क्यानाडाले यस्तो निर्णय गरेको हो ।

रोयटर्सका अनुसार क्यानाडाको ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई प्रतियोगिता एक वर्षपछि सार्न आग्रह पनि गरेको छ ।

यही वर्षको जुन महिनामा जापानको टोकियोमा ओलम्पिक खेल आयोजना हुने कार्यतालिका रहेको छ । यसअघि जापानले निर्धारित समयमा नै ओलम्पियक आयोजना हुने दोहो¥याउँदै आएको थियो ।

यसलाई स्थगित गर्नुपर्ने दबाब बढेपछि अहिले जापानका प्रधानमन्त्री सिन्जे आबेले पनि ओलम्पिक खेल स्थगित हुन सक्ने बताएका छन् । उनले प्रतियोगिता रद्द गर्न नसकिने बताउँदै यसलाई स्थगित भने गर्न सकिने बताएका हुन् । उनले गत हप्ता कोरोनाभाइरसको संक्रमणलाई रोकेर निर्धारित समयमा नै ओलम्पिक खेल आयोजना गर्ने बताएका थिए ।

यता, अस्ट्रेलियाको ओलम्पिक कमिटीले आफ्ना खेलाडीहरुलाई सन् २०२१ मा टोकियोमा आयोजना हुने ओलम्पिकका लागि तयार रहन निर्देशन दिएको एबीसीले समाचार प्रकाशित गरेको छ ।

योसँगै आइओसीमाथि खेललाई स्थगित गर्नुपर्ने दबाब बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप