शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाभाइरसले खोसिनसक्छ अमेरिकाको ‘विश्व महाशक्ति’ को ताज

सोमबार, १० चैत २०७६, ०७ : ५२
सोमबार, १० चैत २०७६

कर्ट क्याम्बेल/रस दोसी

कोरोना भाइरस विश्वभर महामारी बनिरहँदा संसारभरका लाखौँ–करोडौँ जनता यतिबेला ‘आइसोलेसन’मा छन् । त्यसैले भूराजनीतिक विषयभन्दा यतिबेला स्वास्थ्य–सुरक्षा पहिलो प्राथमिकतामा छ । तर दीर्घकालिन रुपमा विशेषगरी अमेरिकाको विश्वव्यापी प्रभावका सवालमा यो विषय पेचिलो बन्नसक्छ । सुरुमा विस्तारै र त्यसपछि एकैपटक परिवर्तन हुने गरेको विश्वव्यापी मान्यताको इतिहास छ । १९५६ मा सुइज नहरमा हस्तक्षेप असफल हुँदा बेलायतको महाशक्तीको ताज खासियो । अहिलेको परिस्थिती सम्बोधन गर्न अमेरिका चुक्यो भने कोरोनाभाइरसको महामारी उसका लागि अर्को ‘सुइज अभियान’ का रुपमा चिनिनेछ, आजका दिन अमेरिकी नीति–निर्माताले यो तथ्य स्विकार्नैपर्छ  ।

अन्धभक्तबाहेक बाँकी सबैलाई थाहा छ, कोरोनापछि प्रारम्भिक प्रतिक्रिया देखाउन अमेरिका असफल भएको छ । ह्वाइटहाउस, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का गलत कदमले अमेरिकाको क्षमता र आत्मविश्वासको अवमूल्यन भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सार्वजनिक अभिव्यक्ति (चाहे राष्ट्रपति कार्यालयबाटै आएका सम्बोधन हुन् वा बिहानै आउने ट्वीट) यसले द्विविधा र अस्थिरता फैलाउन सहयोग गरेको छ । यो महामारीले एक्लै अघि बढ्ने ट्रम्पको स्वभाव र वैश्विक मामिलामा वासिङ्टनको निम्छरो तयारी छर्लङ्ग पारेको छ । पछिल्ला सात दशकमा विश्वको नेताका रुपमा अमेरिकाको हैसियत पैसा र शक्तिकै आडमा मात्र बनेको होइन – घरेलु सुशासन, बाँकी विश्वका जनताप्रतिको राम्रो व्यवहार र विश्वव्यापी संकटमा सबैलाई संयोजन गर्नसक्ने क्षमता तथा इच्छाशक्तिले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । कोरोना भाइरसको महामारीले अमेरिकी नेतृत्वका यी सबै गुणको परीक्षा लिदैँछ र वासिङ्टन असफल हुँदैछ ।


वासिङ्टन रोकिएका बेला, अमेरिकी गल्तीको फाइदा उठाएर रिक्त रहेको वैश्विक नेतृत्व हासिल गर्नेगरी बेइजिङ तीव्र गतिमा अगाडि बढ्दैछ । उसले आफ्नै प्रणालीको प्रचार गर्ने गरी काम गर्दैछ, अन्य देशलाई अत्यावश्यक सामाग्री उपलब्ध गराउने र अन्य सरकारसँग समन्वय गर्ने काम समेत गरेको छ ।


वासिङ्टन रोकिएका बेला, अमेरिकी गल्तीको फाइदा उठाएर रिक्त रहेको वैश्विक नेतृत्व हासिल गर्नेगरी बेइजिङ तीव्र गतिमा अगाडि बढ्दैछ । उसले आफ्नै प्रणालीको प्रचार गर्ने गरी काम गर्दैछ, अन्य देशलाई अत्यावश्यक सामाग्री उपलब्ध गराउने र अन्य सरकारसँग समन्वय गर्ने काम समेत गरेको छ ।

खासमा यो बेइजिङकै गलत कदमले निम्तिएको समस्या हो । पहिले उसले महामारी लुकाउन खोज्यो, अहिले यसैले संसारका धेरै ठाउँमा समस्या निम्त्याएको छ । अहिले बेइजिङले बुझेको छ, उसले आफैंलाई नेतृत्वदायी देखाउन सक्यो र वासिङटनले त्यस्तो गर्ने इच्छा देखाएन वा असफल भयो भने विश्व राजनीतिमा अमेरिकाको हैसियत परिवर्तन हुनसक्छ ।

गल्ती भएको थियो

नोबल कोरोना भाइरसलाई ढाकछेप गर्न खोज्नु चिनियाँ नेतृत्वको गल्ती थियो । यो भाइरस गत वर्ष नोभेम्बरमा नै ऊहान शहरमा देखा परेको थियो, तर अधिकारीहरुले महिनौँसम्म खुलासा गरेनन् । यसबारे पहिलोपटक सार्वजनिक बोल्ने डाक्टरलाईसमेत उनीहरुले कारबाही गरे, कम्तिमा यसको खुलासा हुन ५ साता ढिला भयो । यस अवधिमा धेरै सर्वसाधारणले रोगबारे जानकारी पाउनसक्थें, अन्तर्राष्ट्रिय भ्रमण रद्द हुनसक्थ्यो र परीक्षण अझै धेरै फराकिलो हुनसक्थ्यो ।

यो संकटपूर्ण रुपमा गहिरिएपछि पनि बेइजिङले सूचनामा नियन्त्रण राख्यो,  सिडिसीले गरेको सहयोग प्रस्ताव अस्वीकार ग-यो, विश्व स्वास्थ संगठनलाई ऊहान भ्रमणमा नियन्त्रण ग-यो । सायद, संक्रमित र मृतकको संख्या कम देखायो र बारम्बार कोभीड–१९ का नयाँ संक्रमितको संख्या गलत रुपमा प्रस्तुत ग-यो । सायद, आधिकारीक संख्या तोडमोड गर्न यस्ता कदम चालिएको हो । 


अमेरिकाले सिर्जना गरेको द्विविधालाई बेइजिङले आख्यान भन्ने अवसरका रुपमा कब्जा गरेको छ, उसका राज्य नियन्त्रित सञ्चारमाध्यम र कुटनीतिज्ञले विश्वका दर्शकलाई निरन्तर चिनियाँ प्रयासको सर्वोच्चताबारे संझाइरहेका छन् । सिनुवा न्युज एजेन्सीकै सम्पादकीय भाषाअनुसार ‘वासिङटनका राजनीतिक कुलीनहरुको गैरजिम्मेवारी र अक्षमता’ बारे आलोचना गरिरहेका छन् ।


जब जनवरी–फेब्रअरीमा संकट गहिरियो, तब केही पर्यवेक्षकलाई कोरोनाले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व नै कमजोर बनाउने शंका लाग्यो । यसलाई चीनको ‘चेर्नोबियल’ पनि भनियो । डाक्टर लि वेनलियाङ, जसले यसबारे गोप्य सुचना बाहिर ल्याए, उनलाई चीन सरकारले चुप लगायो । उनको तुलना तियानमेन स्क्वायरका ‘ट्याङ्क म्यान’ सँग समेत गरियो ।

यसका बाबजुद मार्चको सुरुवातसम्म चीनले विजय घोषणा गर्न थालिसकेको थियो । आधिकारीक तथ्याङ्कअनुसार दैनिक रिपोर्ट हुने नयाँ संक्रमितको संख्या मार्चको मध्यसम्म १० मा झ-यो, जबकी फेब्रअरीको मध्यसम्म यो सयौँमा थियो । यस्तो लहर रोकिनुको श्रेय  देशभरका सामुहिक क्वारेन्टाइन, भ्रमण स्थगित र पूर्ण सटडाउनलाई जान्छ । कोरोना फैलिए यता सुरुवाती साता चुप देखिएका चिनियाँ राष्ट्रपति सी जिनपिङ एक्कासी उद्धारकार्यमा आफै प्रत्यक्ष संलग्न हुनुलाई धेरै पर्यवेक्षकले अनौठो माने, यस महिना त उनी आफै ऊहान गए ।

अझै पनि चीनमा जनजीवन सामान्य भइसकेको छैन, सार्वजनिक भएका तथ्याङ्कमाथि पनि निरन्तर प्रश्न उठिरहेको छ । तर, चीनले ठूलो आख्यान तयार गरेर आफ्नो सफलताको संकेत बाँकी विश्वलाई दिँदैछ – यसले संकटको सुरुवातमा भएका कमजोरी हावामा उडाउँदै चीनलाई विश्वव्यापी समस्याबाट मुक्त हुने महत्त्वपूर्ण खेलाडी बनाउँछ ।

यस कथाको महत्त्वपूर्ण पाटो भाइरसविरुद्धको लडाइँमा बेइजिङको काल्पनिक विजय हो । लेख, ट्वीट र विभिन्न भाषामा सार्वजनिक सन्देशमार्फत चीनको उपलब्धि र चिनियाँ मोडलको सुशासनको प्रभावकारीताबारे वर्णन गरिएको छ । ‘यस लडाँइमा देखिएको चीनको सामथ्र्य, प्रभावकारीता र गतिको फराकिलो रुपमा प्रशंसा भएको छ,’ चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले घोषणा गरेका छन्,‘ यसले महामारीविरुद्धको लडाइँमा विश्वव्यापी प्रयासको नयाँ मापदण्ड तय गरेको छ ।’ यसको ठीक विपरीत, केन्द्रीय अधिकारीहरुले सूचनामा नियन्त्रण गरेका छन् र राज्यका निकायलाई अनुशासनमा राखेका छन् ।

पश्चिमा शक्ति, विशेषगरी अमेरिकाले कोरोनाविरुद्धको लडाइँमा खेलेको उदेकलाग्दो भूमिकाले यस्तो सन्देशलाई अझै बढावा दिएको छ । पर्याप्त मात्रामा परीक्षण किट तयार गर्न वासिङ्टन असफल छ, यसको अर्थ अमेरिकाले औसत कम व्यक्तिमा परीक्षण गरेको छ वा महामारीको प्रतिक्रिया दिन ट्रम्प प्रशासन एकजुट छैन भन्ने बुझिन्छ ।

अमेरिकाले सिर्जना गरेको द्विविधालाई बेइजिङले आख्यान भन्ने अवसरका रुपमा कब्जा गरेको छ, उसका राज्य नियन्त्रित सञ्चारमाध्यम र कुटनीतिज्ञले विश्वका दर्शकलाई निरन्तर चिनियाँ प्रयासको सर्वोच्चताबारे संझाइरहेका छन् । सिनुवा न्युज एजेन्सीकै सम्पादकीय भाषाअनुसार ‘वासिङटनका राजनीतिक कुलीनहरुको गैरजिम्मेवारी र अक्षमता’ बारे आलोचना गरिरहेका छन् ।

विश्वव्यापी महामारीपछि आफुमाथि लागेका आरोप कम गर्न चिनियाँ अधिकारी र राज्य नियन्त्रित सञ्चारमाध्यमले कोरोनाभाइरस चीनबाट फैलिएकै होइन भन्ने तर्कसमेत गरेका छन् । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता र दर्जनभन्दा बढी कुटनीतिज्ञले शेयर गरेको कमजोर स्रोतका लेखमा अमेरिकी सेनाले ऊहानमा कोरोना भाइरस फैलाएको उल्लेख छ । यस्ता गतिविधि र तीन अमेरिकी पत्रकारलाई निकाल्ने कदममार्फत चीनले आफ्नै महत्त्व घटाइरहेको छ ।


जब इटलीले औषधी उपकरण र सुरक्षा कवचका लागि अपिल गर्दा कुनै पनि युरोपेली देशबाट जवाफ पाएन, तब चीनले १ हजार भेन्टिलेटर, २० लाख मास्क, १ लाख रेस्पिरेटर, २० हजार थान सुरक्षा पोशाक र ५० हजार परीक्षण किट उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर ग-यो । चीनले ईरानमा स्वास्थकर्मीको टोलीसँगै २ लाख ५० हजार थान मास्क र सर्बियामा पनि सहयोग ग¥यो । त्यसैले त सर्बियाका राष्ट्रपतिले युरोपेली एकतालाई ‘दन्त्यकथा’ भने । उनले घोषणा नै गरे,‘कुनै देशले हामीलाई सहयोग गर्नसक्छ भने त्यो चीनमात्रै हो ।’


चीनले बनाउँछ, विश्वले लिन्छ

सीले बुझेका छन्, विश्वको सेवा गर्दा उदयमान शक्तिको नेतृत्वदायी क्षमता बढ्नेछ । सरकारी संयन्त्रमा सुधार ल्याएर ‘विश्वव्यापी सुशासन’ बारे नीति–निर्मातालाई सोच्न बाध्य गराउन सीले पछिल्ला केही वर्ष खर्चिएका छन्, कोरोना भाइरसको महामारी सिद्धान्तलाई व्यवहारमा उतार्ने राम्रो अवसर हो । मास्क, रेस्पिरेटर, भेन्टिलेर्स र औषधीजस्ता चीनको बढ्दो राहत सहयोग हेर्नुस् । संकटको सुरुवातमा चीनले यी सामाग्री किन्यो, उत्पादन ग-यो र सहयोगका रुपमा पनि लियो । अहिले ऊ यी सामाग्रीहरु अरुलाई हस्तान्तरण गर्ने अवस्थामा छ ।

जब इटलीले औषधी उपकरण र सुरक्षा कवचका लागि अपिल गर्दा कुनै पनि युरोपेली देशबाट जवाफ पाएन, तब चीनले १ हजार भेन्टिलेटर, २० लाख मास्क, १ लाख रेस्पिरेटर, २० हजार थान सुरक्षा पोशाक र ५० हजार परीक्षण किट उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर ग-यो । चीनले ईरानमा स्वास्थकर्मीको टोलीसँगै २ लाख ५० हजार थान मास्क र सर्बियामा पनि सहयोग ग¥यो । त्यसैले त सर्बियाका राष्ट्रपतिले युरोपेली एकतालाई ‘दन्त्यकथा’ भने । उनले घोषणा नै गरे,‘कुनै देशले हामीलाई सहयोग गर्नसक्छ भने त्यो चीनमात्रै हो ।’

अलीबाबाका संस्थापक ज्याकमाले सहयोगस्वरुप ठूलो संख्यामा परीक्षण किट तथा मास्क अमेरिका पठाउने घोषणा गरेका छन् । त्यस्तै, उनले ५४ वटा अफ्रिकी देशलाई १ लाख मास्क र २० हजार परीक्षण किट उपलब्ध गराउने घोषणा गरेका छन् ।

विभिन्न सामाग्री सहयोग गर्न बेइजिङले देखाएको सक्रियताले आजका दिनमा राम्रैसँग स्थापित गर्छ– कोरोना भाइरसविरुद्धको लडाइँमा विश्व जे कुरामा निर्भर छ, त्यो चीनमा बन्छ । पहिल्यै चीन सर्जिकल मास्कको मुख्य उत्पादक थियो – अहिले युद्धमा जसरी नै चीनले औद्योगिक मोबिलाइजेशन बढाएको छ, उसले विश्वका विभिन्न देशमा पु-याउनसक्ने गरी १० गुणाले मास्कको उत्पादन बढाएको छ ।

स्वास्थकर्मीको सुरक्षाका लागि महत्त्वपूर्ण मानिने एन९५ रेस्पिरेटर्सकोे झन्डै ५० प्रतिशत चीनमा उत्पादन हुन्छ । चीनले आफ्नो देशमा रहेका विदेशी कम्पनीलाई यस्ता रेस्पिरेटर्स उत्पादन गरेर सिधैं सरकारलाई बिक्री गर्न बाध्य गराएको छ । कोभीड–१९ बाट देखिएका अन्य इन्फेक्सनलाई सम्बोधन गर्ने सवालमा एन्टीबायोटिक्सहरु चिन्तित छन्, यसको समाधानका लागि आवश्यक औषधी चीनले उत्पादन गर्छ ।

अमेरिकाले अन्यत्रका संकटग्रस्त क्षेत्रमा सहयोग गर्ने त परै जाओस्, आफ्नै मागअनुसार पनि उत्पादन गर्न सकेको छैन  । यो तस्विर कहालीलाग्दो छ – महामारीसँग जुध्न आवश्यकमध्ये अमेरिकी स्ट्रयाटिजिक नेशनल स्टकपाइल ( औषधी भण्डारण गर्ने निकाय) सँग केवल १ प्रतिशत मास्क र रेस्पिरेटर्स तथा झन्डै १० प्रतिशत भेन्टिलेरमात्रै छ । बाँकी सामाग्री या त चीनबाट निर्यात गरेर तयार गर्नुपर्छ वा घरेलु उत्पादन तिव्र गतिमा बढाउनुपर्छ । त्यस्तै, अमेरिकी एन्टीबायोटिक्स बजारमा चीनको हिस्सा ९५ प्रतिशत छ, अर्थात् उत्पादनका लागि आवश्यक धेरै चीज घरेलु रुपमा तयार गर्न सकिदैन ।

अमेरिकाले संकटको सुरुमा चीन र अन्य देशलाई सहयोग गर्ने घोषणा गरेपनि अब ऊ त्यसरी सहयोग गर्ने अवस्थामा रहेन । उसको आफ्नै संकट बढेको छ । जबकी, बेइजिङले विश्वलाई अत्यावश्यक परेका बेला सहयोग गरिरहेको छ ।

संकटपछिको प्रक्रिया भन्नुको अर्थ राहत सामाग्रीमात्रै होइन । २०१४–१५ को इबोला संकटमा अमेरिकाले रोकथामका लागि दर्जनौँ देशसँग गठबन्धन गर्दै नेतृत्वदायी भूमिका खेलेको थियो । कोरोनाभाइरसविरुद्ध प्रतिक्रिया देखाउन यस्तो नेतृत्वदायी पहल अहिलेसम्म ट्रम्प प्रशासनले गरेको छैन । आफ्नै सहयोगी देशसँग पनि समन्वयको कमी छ । जस्तो, युरोपलाई भ्रमण प्रतिबन्ध लगाउनुअघि ट्रम्पले आफ्ना सहयोगी देशलाई पनि कुनै अग्रिम सुचना दिएनन् ।

चीनले स्वस्थ कुटनीतिक अभियान चलाउँदै दर्जनौं देश र सयौँ अधिकारीसँग भिडियो कन्फ्रेस गरिसकेको छ,  उसले रोगविरुद्ध लड्न आफ्ना अनुभव र सूचना बाँडिरहेको छ । चीनको कुटनीतिझैं, यस्तो एकताको  प्रयास क्षेत्रीय तह र निकायमार्फत  विश्वभर छ । सेन्ट्रल र पूर्वी युरोपेली देशले १७ प्लस १ मेकानिज्ममार्फत साङघाई कर्पोरेशन अर्गनाइजेशनका प्रतिनिधिसहित यस्तो बैठक गरेका छन्, त्यस्तै टेन प्यासिफिक आइल्यान्ड देश र अफ्रिका, युरोप तथा एशियाका अन्य देशले पनि यस्तो प्रयास गरेका छन् । चीनले यस्तो योजनाको प्रचारका लागि कडा मेहिनत गरिरहेको छ । चीनले कसरी विभिन्न देशलाई राहत सामाग्री र सूचनामा सहयोग गर्दै छ भनेर प्रत्येक दिनजस्तो विदेश नीति सम्बन्धी प्रोपोगान्डा फैलाउने पत्रिकाका प्रथम पृष्ठमा समाचार आउँछ, त्यहाँ बेइजिङको सर्वोच्चता ‘हाइलाइट’ गरिएको हुन्छ ।


कोरोनाभाइरस कहाँबाट सुरु भएको थियो भन्ने विषयलाई प्राथमिकतामा राख्दा थोरैमात्र उपलब्धि भएको छ – चीनको प्रोपोगान्डा वा जस्तालाई–त्यस्तै गर्ने सांकेतिक सट्टाबाजीका बाबजुद यसबारे धेरैले बुझिसकेका छन् । चिनियाँ अधिकारीले अमेरिकी सैनिकलाई भाइरस फैलाएको आरोप लगाएकाले आवश्यकता पर्दा अमेरिकाले प्रतिक्रिया दिनुपर्छ । तर, सामान्यतया कोरोना भाइरसबारे आफ्नो सन्देश दिनेक्रममा चीनलाई केन्द्रमा राख्नुहुन्न ।


कसरी नेतृत्व गर्ने ?

कोरोना भाइरसको बिगबिगीको समय विश्वव्यापी नेतृत्व खोज्नका लागि चीनको मुख्य हतियार नै अमेरिकी विदेश नीतिका कमजोरी हुन् । त्यसैले, चीनको खोजीको अन्तिम सफलता वासिङ्टनमा के हुन्छ र बेइजिङमा के हुन्छ भन्नेमै निर्भर छ । नेताबाट गरिने अपेक्षा पूरा गर्न वासिङटन सक्षम भएमा अझै परिस्थिती उल्टनसक्छ । यसका लागि अमेरिकाले घरभित्रको समस्या व्यवस्थापन गर्न,  विश्वका सर्वसाधारणलाई आवश्यक राहत उपलब्ध गराउन र विश्वव्यापी प्रतिक्रियालाई संयोजित गर्न जरुरी छ । 

भूराजनीतिभन्दा पहिले घरेलु सुशासनको प्रश्न आउँछ, त्यसैले पहिलो काम कोरोनाको रोकथाम त्रासमा रहेका अमेरिकी जनतालाई सुरक्षा दिनु हो । तर वासिङटन कसरी बढ्छ, त्यसैले अन्नत भूराजनीतिको निष्कर्ष दिन्छ । जस्तो, संघीय सरकारले तत्कालै घरेलु मास्क, रेस्पिरेटर र भ्यान्टिलेटरको उत्पादन र विस्तारमा युद्धको समय जसरी नै सहयोग र छुट दिएमा अमेरिकी जनता बाँच्छन् । त्रासदीको समय विश्वव्यापी माग कम हुँदा अन्य देशका नागरिकलाई पनि राहत मिल्छ । अहिले अमेरिका आफैंले महामारीमा आवश्यक सामाग्रीको जोहो गर्न सकेको छैन, तर लाईफ साइन्स र बायोटेक्नोलोजीमा उसको प्रभाव यस संकटको वास्तविक समाधान अर्थात् भ्याक्सिन खोजीमा निर्णायक सावित हुनसक्छ ।

अमेरिकी ल्याब र कम्पनीहरुलाई मेडिकल ‘मानहट्टन प्रोजेक्ट’ को योजना बनाउन, क्लिनिकल ट्रयाल निरन्तर गरिरहन र सामुहिक रुपमा भ्याक्सिन बनाउने काममा लगाउन अमेरिकी सरकारले प्रोत्साहन दिनसक्छ । यस्ता महङ्गो प्रयासका लागि ठूलै लगानी चाहिन्छ, सरकारको उदार लगानी र वोनसले भ्याक्सिनको सफल उत्पादनमा अवश्य फरक पार्नसक्छ ।

वासिङटनको गलत व्यवस्थापनका बाबजुद राज्य र स्थानीय सरकार, गैरनाफामुखी र धार्मिक संस्था, विश्वविद्यालय र कम्पनीहरु संघीय सरकारले केही गर्न र कदम चालौंला भनेर बसेका छैनन्, यो मननयोग्य छ । अमेरिकी लगानीका कम्पनी र अनुसन्धानकर्ताहरुले अहिल्यै भ्याक्सिन निर्माणमा प्रगती गरिरहेका छन् ।

घरमा आफ्नो ध्यान केन्द्रीत गर्दा–गर्दै पनि वासिङटनले विश्वव्यापी समन्वयको आवश्यकतालाई वेवास्ता गर्न सक्दैन । बलियो नेतृत्वले मात्रै भ्रमण प्रतिबन्ध, सूचना आदनप्रदान र अत्यावश्यक सामाग्रीको उपलब्धताबारे विश्वव्यापी समन्वयमा देखिएको समस्या समाधान गर्नसक्छ । अमेरिकाले दशकौंदेखि सफल रुपमा यस्तो नेतृत्व गरेको छ र यसपटक पनि गर्नैपर्छ । यस्तो नेतृत्वले आख्यान युद्धबाट प्रेरित हुनुभन्दा प्रभावकारी रुपमा चीनसँग समन्वय गर्न आवश्यक छ ।

कोरोनाभाइरस कहाँबाट सुरु भएको थियो भन्ने विषयलाई प्राथमिकतामा राख्दा थोरैमात्र उपलब्धि भएको छ – चीनको प्रोपोगान्डा वा जस्तालाई–त्यस्तै गर्ने सांकेतिक सट्टाबाजीका बाबजुद यसबारे धेरैले बुझिसकेका छन् । चिनियाँ अधिकारीले अमेरिकी सैनिकलाई भाइरस फैलाएको आरोप लगाएकाले आवश्यकता पर्दा अमेरिकाले प्रतिक्रिया दिनुपर्छ । तर, सामान्यतया कोरोना भाइरसबारे आफ्नो सन्देश दिनेक्रममा चीनलाई केन्द्रमा राख्नुहुन्न ।

वासिङटन र बेइजिङले मिलेर विश्वको फाइदाका लागि अझै धेरै गर्न बाँकी छ । उनीहरुले मिलेर भ्याक्सिनको अनुसन्धान र क्लिनिकल परीक्षण, अर्थतन्त्र उस्काने प्रयास, सूचनाको बाँडफाँड, औद्योगिक मोबिलाईजेशन (उदाहरणका लागि अत्यावश्यक रेस्पिरेटरका तत्व वा भेन्टिलेटरका पार्टस्) र अन्यलाई सयुंक्त सहयोग उपलब्ध गराउनसक्छन् । अन्त्यमा, कोरोनाभाइरसले उठ्ने संकेत दिएको हुनसक्छ, यसले जलवायु परिवर्तनलगायत अन्य विश्वव्यापी चुनौतीमा अमेरिका–चीन सहकार्यलाई अघि बढाउनसक्छ । यस्ता कदमलाई बाँकी विश्वले चीनको शक्तीका रुपमा मात्रै बुझ्नहुन्न र बुझ्नेछैन । बरु, यो भविष्यमा अमेरिकी नेतृत्वप्रतिको विश्वास पुनस्र्थापित गर्ने अवसर हुनसक्छ । भूराजनीतिक रुपमा देखिएको अहिलेको संकटमा राम्रो बन्न अमेरिकाले राम्रै गर्नुपर्छ ।

स्रोत : फरेन अफेयर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप