पटनामा उपचार गराइरहेका नेपालीमा कोरोनाको संक्रमण अन्तिम पुष्टि हुन बाँकी (अपडेट)
काठमाडौं । वीरगञ्जका व्यापारीलाई कोरोना संक्रमण भएको आशंका गरिए पनि अन्तिम पुष्टि भइनसकेको जानकारी त्यहाँका मेयर विजय सरावगीले दिएका छन् ।
रातोपाटीसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । यसअघि कोरोना संक्रमणका लक्षण देखिएको तथा उनको ‘ट्राभल हिस्ट्री’ दुबई रहेको समेत आधारमा उनलाई कोरोना भाइरसको संक्रमण भएको आशंका चिकित्सकहरुले गरेका थिए ।
त्यही आधारमा उनलाई उपचारका लागि भारतको पटना पुर्याइएको थियो । पटनामा परीक्षण गर्दा रिपाेर्टमा नेगेटिभ आए पनि उनलाई कोरोनाको संक्रमण भएको हो वा होइन भनी अन्तिम निर्क्योल गर्न नसकेपछि थप परीक्षणका लागि उनको ‘स्वाब’ पुणेमा पठाइएको बुझिएको छ ।
मेयर सरावगीका अनुसार उक्त परीक्षणको रिपोर्ट एक दुई दिनमा आइपुग्नेछ ।
यतिखेर संक्रमणको आशंका गरिएका व्यापारीको परिवारलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । तर संक्रमणको खबरले यतिखेर जनजीवन त्रसित बनेको छ । तर यस अघि उनलाई संक्रमण भएको भन्ने खालका जानकारी पर्साका सरकारी अधिकारीहरुले नै दिएपछि सोहीअनुसारका समाचारहरु सार्वजनिक रुपमा प्रकाशमा आएका थिए ।
पर्साका सहायकका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार, ‘ती व्यापारीलाई भर्ना गरिएको पटनाको अस्पताल प्रशासनसँग जानकारी माग्दा पहिले रिपोर्ट प्रष्ट नभएकोले पुनेमा पुनः परीक्षणका लागि पठाएको र अन्तिम रिपोर्ट आउन एक दुई दिन लाग्ने’ बताइएको छ ।’
‘त्यो रिपोर्ट नआइन्जेलका लागि हाल उनलाई अस्पतालमा आइसोलेसनमा राखिएको र परिवारका सदस्यहरुलाई घरमै आइसोलेसनमा राखिएको’ पनि उनले जानकारी दिए । उनका अनुसार ‘संक्रमणको आशंका गरिएका व्यापारीका परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीहरुले पहरा दिएर घरमै राखिएको र अन्तिम रिपोर्ट नआइन्जेलका लागि कहाँ लगेर राख्ने भन्नेबारे भोलि टुंगो लगाइने‘ छ ।
प्रदेश नं. २ का प्रहरी प्रमुख डिआईजी प्रद्युम्न कार्कीले पनि यसअघि भाइरसको पुष्टि भएको भनिए पनि अहिले शंका गरिएका विरामीको छोरासँग बुझ्दा अर्को जाँच गर्न पनि प्रयोगशालामा पठाइएकाले पुष्टि भइ नसकेको जानकारी गराएको’ बताए । उनका अनुसार, रिपोर्ट आउन दुई दिन लाग्ने छ ।
यसअघि वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको कुरा प्रकाशमा आएको थियो ।
केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको बताइएको थियो ।
ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको पनि जनाइएको थियो ।
(यसअघि पर्साका जिम्मेवार अधिकारीहरुले नै दिएको जानकारीको आधारमा अघिल्लो समाचार तयार गरिएकोमा पछि पुनः नयाँ तथ्य जानकारी गराएपछि सोहीअनुसार अपडेट गरी समाचार सच्चाइएको छ ।–रातोपाटी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म