ऋषि धमलाको घोषणा : क्वारेन्टाईनको लागि घर दिन तयार छु
आइतबार, ०९ चैत २०७६, १८ : ५३

सञ्चारकर्मी ऋषि धमलाले सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धमलाले यस्तो बताएका हुन् ।
उनले भाडावाला सरोकार समाज नेपालले चालेको कदम साहसिक भएको बताउँदै आफ्नो यसमा पूर्ण साथ र समर्थन रहेको पनि विश्वास दिलाए ।
‘हामी सम्पूर्ण नेपाली एकजुट भएर भाइरस नियन्त्रण तथा रोकथामको लागि लड्नुपर्छ । अहिलेको समय भनेको एकजुट भएर अघि बढ्ने समय हो । अहिलेसम्म नेपाल कोरोना मुक्त छ । यसप्रति म खुशी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने