शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाहुबली सिमेन्टद्वारा स्यानीटाइजर र मास्क वितरण

आइतबार, ०९ चैत २०७६, १८ : ४३
आइतबार, ०९ चैत २०७६

काठमाडौं– बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज नेपालमा अत्यधिक क्षमता युक्त सिमेन्ट उत्पादक हो, जसले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ । 

हाल विश्वभर सन्त्रास फैलाएको कोरोनाभाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेष्ट प्यारेन्टरल्स्को सहकार्यमा उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वको अभिभारा बहन गरेको छ ।

कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले प्रयास गरिरहेका छन् । 

यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आमनागरिकहरुलाई हात धुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यका िभत्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।

बालाजी सिमेन्ट इण्डष्ट्रिजका प्रवन्ध निर्देशक गौरव गाडियाले भने, ‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनि मास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भने देशको एक उद्योग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौ ।’

हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप