शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबार सर्वोच्चले हेर्यो ७ मुद्दा, सबै रीट बन्दी प्रत्यक्षीकरणकै

आइतबार, ०९ चैत २०७६, १८ : २६
आइतबार, ०९ चैत २०७६

सर्वोच्च अदालतले चैत ९ गते आइतबार ७ वटा रीटमाथि सुनुवाई गरेको छ । सर्वोच्चमा आइतबार ईश्वरप्रसाद खतिवडा र अनिल कुमार सिन्हाको संयुक्त इजलाश र पुरुषोत्तम भण्डारीको एकल इजलाशमा पेशी तोकेको थियो । 

सर्वोच्चमा आइतबार सुनुवाई भएका ७ वटै मुद्दाहरु बन्दी प्रत्यक्षीकरणकै मुद्दा रहेका छन् ।  आइतबार सर्वोच्चले बिनोद केसी भन्ने सन्तोष कटुवालले कारागार कार्यालय झुम्का सुनसरीविरुद्ध दायर गरेको रीट, बुद्धिलाल पुनको हकमा दिनेश बहादुर बोगटीले महानगरीय प्रहरी वृत्त ठिमी, कुशल बोगटीको हकमा दिनेश बहादुर बोगटीले महानगरीय प्रहरी परिसर काठमाडौंविरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरणको रीटमाथि सुनुवाई भएको थियो । 

बन्दी प्रत्यक्षीकरणका रीट दायर भएकामध्ये विनोद केसी भन्ने सन्तोष कटुवाल चोरी मुद्दा जेल जीवन बिताइरहेका थुनुवा हुन् भने पुन र बोगटी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु हुन् । 

त्यसैगरी विप्लव नेतृत्वकै नेकपामा लागि आपराधिक क्रिायकलापमा संलग्न भएको भन्दै मिनराज शाही र सुदीप शाहीका आफन्तले पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए ।

उनीहरुलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरी थुनामा राखेको थियो । प्रहरीले विप्लव नेतृत्वका चारै जनालाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

संयुक्त इजलाशमा पेश भएको रीटमध्ये  कटुवाल, पुन र बोगटीको रीटमाथि सुनुवार्य भएपनि आदेश आइसकेको छैन भने शाहीद्वयको रीटमाथि सुनुवाई भइरहेको छ ।  

आइतबार भएको सुनुवाई मध्ये पुरुषोत्तम भण्डारीको एकल इजलाशले जिल्ला प्रहरी कार्यालय प्युठानलाई विपक्षी बनाई खिमराज पुनको हकमा खङ्ग बहादुर घर्तीले दायर गरेको रीटमा कारण देखाउ आदेश जारी भएको छ ।

पक्षलाई थुनामा राखिरहनु पर्नाको कारण के हो भन्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो । खिमराज पुन पनि विप्लव नेतृत्वको नेकपाका रोल्पाका नेता हुन् । 

त्यसैगरी आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणकै ३ वटा रीट दर्ता भएका छन् । सो रीट सोमबार पेशीमा चढ्ने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले रातोपाटीलाई दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप