बहराइनमा ३ जना नेपालीलाई भेटियो कोरोना भाइरसको संक्रमण
आइतबार, ०९ चैत २०७६, १७ : ५६

काठमाडौं । बहराइनमा रहेका ३ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनमा अहिलेसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमा तीन जना नेपाली कामदार रहेका छन् ।
बहराइनस्थित नेपाली दूतावासले तीन जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । क्वारेन्टाइन राखेर उनीहरुलाई उपचार भइरहेको छ ।
दूतावासको अनुसार उनीहरु कार्यरत कम्पनीमा रहेका अन्य कामदारलाई पनि निगरानीमा राखिएको छ ।