नेपाल लगायत १० एशियाली राष्ट्रहरूलाई ज्याक मा फाउण्डेसन र अलीबाबा फाउण्डेसनले चिकित्सा सामाग्रीहरु पठाउने

काठमाडौं– ज्याक मा फाउण्डेसन र अलीबाबा फाउण्डेशनले आज एशियाका १० थप देशहरूलाई कोभिड १९ विरूद्धको विश्वव्यापी लडाइमा सहयोग पुर्याउन अत्यधिक आवश्यक चिकित्सा सामाग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ ।
अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारहरूले यी दुई संस्थाहरू मार्फत १८ लाख मास्कहरु, २,१०,००० कोविड १९ टेस्ट किटहरु, ३६,००० सुरक्षात्मक कपडाहरुका साथै भेन्टीलेटर, निधार थर्मोमिटर र अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु प्राप्त गर्नेछन् ।
‘गो एशिया ! हामी एसियाका थप १० देशहरूमा आपतकालिन सामाग्रीहरु प्रदान गर्नेछौं,’ ज्याक माले आफ्नो ट्विटर खातामार्फत उनका फाउण्डेशनका प्रतिज्ञा घोषणा गरे। “छिटो डेलिभर गर्नु सजिलो छैन, तर हामी यसलाई पूरा गर्नेछौं ।’
यस्तो विशाल संख्यामा वितरण गर्दा हुने चुनौतीहरुलाई जित्न इलेक्ट्रोनिक वल्ड ट्रेड प्लेटफर्म ‘इडब्लुटीपी’ को उपयोग गरीने बताइएको छ ।
‘महामारीको प्रकोपले विश्वव्यापी लजिस्टिक्स्मा चुनौतीहरू ल्याएको छ । इडब्लुटीपीको सहयोगकासाथ, हामी दुर्गम समुदायहरूसम्म अत्यावश्यक सामाग्रीहरुको वितरण छिटो भन्दा छिटो गर्न सक्दो कोसिस गरिरहेका छौं,’ इडब्लुटीपीका महासचिव जुन्ताओ सङले भने ।
यस हप्तानै यी दुई संस्थाहरूले मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र फिलिपिन्सलाई चिकित्सा सामाग्रीहरु अनुदान गर्ने घोषणा भएको थियो र वितरणको लागि इडब्लुटीपीको कडा क्षमताको पनि सहयोग लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा