बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित

आइतबार, ०९ चैत २०७६, १६ : १२
आइतबार, ०९ चैत २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनलले पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ ।

बैंकले यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोनाभाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै साधारणसभा स्थगित गरेको जनाएको छ । 

बैंकको संचालक समितिको चैत ८ गते सम्पन्न ३३० औं बैठकको निर्णयअनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारणसभा हाललाई स्थगित गरिएको बैंकले जनाएको हो । यसवाट शेयरधनीहरुलाई पर्न गएको असुविधा प्रति बैंकले क्षमा मागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप