शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको काँधमा थप जिम्मेवारी

आइतबार, ०९ चैत २०७६, १५ : ०६
आइतबार, ०९ चैत २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चालकहरुलाई कोरोनाभाइरुसविरुद्ध सचेत तुल्याउन विशेष अभियान सञ्चालन गरेको छ । सामान्य अवस्थामा सिटी फुकेर सवारी आवागमन व्यवस्थापनमा भूमिका निर्वाह गर्ने ट्राफिक प्रहरी यतिबेला चालकहरुलाई मास्क प्रयोग गर्न आग्रहसहितका प्लेकार्ड बोकेर सडकमा खटिरहेका देखिन्छन् ।

त्यसो त, विद्यालय तथा कलेज बन्द भइसकेको तथा अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन सरकारले सर्वसाधारणलाई अपिल गरेका कारण राजधानीका सडकमा सवारी साधनको सङ्ख्या पातलो देखिन्छ ।

ट्राफिक प्रहरीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सार्वजनिक सवारी साधन गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न प्लेकार्डमार्फत अपिल गर्न थालेको हो । ट्राफिक प्रहरीले सवारी साधनमा उभिएर वा झुण्डिएर यात्रा नगर्न सर्वसाधारणलाई समेत अपिल गरेको छ ।

सवारी चालकसहित यातायात मजदुर तथा यात्रीलाई कोरोना संक्रमणबाट जोखिनका लागि ट्राफिक प्रहरीले राजधानीका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम अन्तर्गत प्लेकार्ड प्रदर्शन गरेको हो । भीडभाडमा कोरोना संक्रमण फैलिने जोखिम हुने भएकाले सार्वजनिक यातायातमा भीडभाड नगरी मास्क लगाएर सुरक्षित यात्रा गर्न ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप