बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे दुर्घटनामा बाबु-छोराको मृत्यु

आइतबार, ०९ चैत २०७६, १५ : ०४
आइतबार, ०९ चैत २०७६

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंसेपाटीमा आइतबार मिनीट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ आउँदै गरेको बा५ख २३९० नम्बरको मिनीट्रक र विपरित दिशाबाट जाँदै गरेको बा५७प ७२८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक उदयपुरको रौतामाई गाउँपालिका–४ का ३५ वर्षीय मीनबहादुर श्रेष्ठ र उनका ५ वर्षीय छोरा सुबिनको मृत्यु भएको हो । उनीहरु दुवैको उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मीनबहादुरकी २९ वर्षीया श्रीमती सुनिता भने घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप