हाटबजार नलगाउन नगरपालिकाको आह्वान, नागरिकता तथा राहदानी वितरण स्थगित

रौतहट । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरसको सङ्क्रमणबाट जोगिन रौतहट जिल्लामै पहिलोपटक कटहरिया नगरपालिकाले हाटबजार नलगाउन आह्वान गरेको छ । भाइरसबाट जोगिन २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा नहुन सरकारले गरेको आह्वानलाई पालना गर्दै नगरप्रमुख सियाराम कुश्वाहाले हाटबजार नलगाउन आग्रह गरेका हुन् । मेयर कुश्वाहाले माईकिङ गराईनुका साथै स्थानीय रेडियोमार्फत सूचना प्रवाह गरी नगरक्षेत्र अन्तर्गतको सबै बजार नलगाउन सबैमा अनुरोध गरेको छ ।
सप्ताहिक हाटबजारमा हजारौं मानिस जम्मा हुने भएकाले कोरोनाको जोखिमबाट जोगिन यस्तो कदम चालिएको मेयर कुश्वाहाले बताए । उता, जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबारबाट नागरिकता प्रमाणपत्र र राहदानी वितरणमा रोक लगाएको छ ।
कार्यालयमा नागरिकता र राहदानी लिन दैनिक ठुलो संख्यामा मानिसको भीड जम्मा हुने भएकाले तत्कालका लागि दुवै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । कोरोना भाईरसबाट सर्वसाधारण यात्रुहरुलाई जोगाउन आइतबार गौर–चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग गरुडामा यात्रुलाई मास्क वितरण गरिएको छ ।
प्रहरीको आग्रहमा गढीमाई नगरपालिकाको लगानीमा मेयर श्यामबाबू यादव र डिएसपी ज्ञानकुमार महतोले संयुक्तरुपमा मास्क वितरण गरे । यात्रु तथा सवारी चालक गरी २ हजार मास्क वितरण गरिएको गढीमाई नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय