शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुद्ध एयरले घटायो ट्रंक रुटको भाडा

आइतबार, ०९ चैत २०७६, १४ : ४५
आइतबार, ०९ चैत २०७६

काठमाडौं– बुद्ध एयरले ट्रंक रुटको भाडादर घटाएको छ । बुद्धले ट्रंक रुटतर्फ ३५ प्रतिशत भाडा छुट गरेको जनाएको हो । बुद्धले एक विज्ञप्ती जारी गर्दै यस्तो विषम परिस्थितीमा नाफालाई नहेरी सेवालाई मुख्य प्राथमिकता दिँदै सर्वसाधारणलाई सेवा दिनको लागि भाडा दर घटाएको जनाएको छ । 

नेपाल सरकारले लामो दुरीको बस संचालनलाई केही दिनलाई रोक लगाएको छ । यस अवस्थामा हवाईमार्ग मात्रै यात्राको पहिलो साधन बन्न पुगेको र यस्तो परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्धले जनाएको छ ।

बुध्द एयरले यात्रुको मागअनुसार हवाई भाडा अधिकतम सिमा ननाघ्ने गरि कम्प्युटरकृत माध्यमले स्वतः घटबढ (विभिन्न दरका भाडादर–स्ट्रक्चरल फेयर) हुने गरेको बताएको छ ।

कोरोनाभाइरस (कोभिड–१९)का कारण पर्यटन क्षेत्रका अरु उद्योग जस्तै हवाईसेवा क्षेत्र पनि सकसमा रहेको भन्दै कम्पनीले यात्रुहरुलाई गन्तव्यमा पुग्न सक्दो सहयोग गर्ने हेतुले भाडादर कम गरी सेवा दिएको बताएको छ ।

बुद्ध एयरको नयाँ अधिकतम भाडादर

सरकारले भने वायुसेवा कम्पनीलाई कुनै पनि राहत नदिएकोमा कम्पनीले आपत्ति जनाएको छ । विश्व बजारमा इन्धनको मूल्य प्रति व्यारेल ७५ डलर हुँदा नेपालका वायूसेवा कम्पनीहरुले ९४.५० रुपैयाँ प्रति लिटरमा खरिद गर्दै आएको बताएका छन् ।

गत मार्च १५ मा इन्धनको मूल्य प्रति व्यारेल ३४ डलर हुँदा नेपाल आयल निगमले लिटरमा ४.५० रुपैयाँ मात्र घटाए पछि भाडादरमा समायोजन गरिसकेको बुद्धले जनाएको छ । 

एयरलाईन्सको कूल खर्चको ४० प्रतिशत हवाई इन्धन भएको र विशेष परिस्थितिमा नेपाल आयल निगमले हवाई इन्धनमा चर्को मुनाफा नलिई न्यूनतम मुनाफामा विक्री वितरण गरे हवाई भाडा घट्न गई यात्रुहरुले सुविधा पाउने र हवाई कम्पनीलाई पनि राहत हुने कम्पनीले बताएको छ ।

करोनाविरुद्ध एयरलाइनको अभियान

अन्तर्राष्ट्रिय संस्था विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषित गरेपछि हवाई सेवा कम्पनीहरुले पनि सतर्कता अपनाएका छन् । यस्तैमा बुद्धले काठमाडौंलगायत अन्य सबै स्टेशनहरुबाट यात्रुको तापक्रम मापन गर्ने र बढी तामक्रम हुने यात्रुलाई सुरक्षितसाथ अफलोड तथा भाडा फिर्ता लागनु गर्ने गरेको जनाएको छ ।

त्यसैगरी, जहाज, ¥याम्प बस, भ्यान, लगेज ट्रली, चेक–इन–काउण्टर, कार्यालयलगायत सबै ठाउँमा विशेष सरसफाई, र औषधी स्प्रे गर्ने गरेको पनि बुद्धले जनाएको छ । कर्मचारीलाई सुरक्षित कार्य सम्पादनका लागि आवश्यकताअनुसार स्यानिटाइजर, मास्क र ग्लोभ्स वितरण गरेको छ ।

कम्पनीले आफ्ना कर्मचारी माझ संक्रमणविरुद्ध सचेतना अभियान तथा केहीलाई घरबाट कामकाजको निर्देशन र केही अन्यलाई तलवी विदामा बस्न आग्रह गरेको पनि जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप