धनुषा र महोत्तरीका अधिकांश सरकारी कार्यालय २१ गतेसम्म ठप्प

जनकपुर । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनधनुषा र महोत्तरीको प्रशासनिक कार्य तथा सेवाहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको हो सम्बिन्धत जिल्ला प्रशासन कार्यालयहरुले सुचना टाँसगरी जनाएका छन् ।
नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिक रुपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरुपमा जोडिएका सम्पूर्ण कार्यहरु तत्कालका लागि बन्द गरिएको सरोकारवालले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अत्यावश्यक सेवा बाहेक सबै कार्य प्रवाह २१ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ । त्यस्तै,महोत्तरीको जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउपुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरि कैदबाट छाड्न निवेदनहरुमा सुनुवाई बाहेकका यस कार्यालयबाट दिने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको विज्ञप्ति जारी गर्दै जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्