शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा ट्रकले जीपलाई ठक्कर दिँदा ८ जना घाइते

आइतबार, ०९ चैत २०७६, १२ : ०७
आइतबार, ०९ चैत २०७६

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा एउटा ट्रकले बोलेरो जिपलाइ ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा३च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट नियन्त्रण गुमाएको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये थाक्रे गाउँपालिका–१० की ७५ वर्षीया मैया तामाङको अवस्था गम्भीर छ । 

ट्रक चालक नियन्त्रणमा लिएको र दुर्घटना पश्चात फरार रहेका जिप चालकको भने खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप