सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेप्से घेरे, नेप्सेले बन्द गर्न मानेन
आइतबार, ०९ चैत २०७६, ११ : ५९
![सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेप्से घेरे, नेप्सेले बन्द गर्न मानेन](https://rpcdn.ratopati.com/media/albums/nepse_ZonHp3FKU4.jpg)
आइतबार सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जसको कार्यालय घेराउ गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशनले सेयर कारोबार खोल्ने/नखोल्ने स्पष्ट निर्देशन नआएको भन्दै सेयर कारोबार खोलिएको नेपाल स्टक एकसचेन्जले जनाएको छ ।
नेप्सेका (प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले सरकारले स्पष्ट घोषणा नगरेसम्म बजार बन्द नगर्ने बताएका छन् ।
यता पाँच वटा लगानीकर्ता संघ संस्थाले बजार पूर्ण रुपमा बन्द गर्नुपर्ने माग गरेका छन् । यस विषयमा अहिले नेप्सेमा छलफल भए पनि लगानीकर्ता र नेप्सेबिच कुरा मिलेको छैन ।
नेप्सेले औपचारिक निर्णय गर्न ढिला हुदा केही कम्पनीको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारीरिक यातना दिँदा तीन विद्यार्थी घाइते
-
दोलखामा शिक्षिकालाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दर्ता, आक्रमणकारी खोज्दै प्रहरी
-
सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन
-
निजी जग्गामा सरकारी पैसाले घाट निर्माण, ७२ लाख भुक्तानीपछि लालपुर्जा खोजी
-
उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुंगा सरुवा गर्न सिफारिस
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने