इटलीमा कोरोना भाइरसका कारण एकैदिन ७ सय ९३ को मृत्यु

कोरोना भाइरसले पूरा संसारलाई गाँजेको छ । इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । यो खतरनाक संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन् ।
कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ । यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी उपराष्ट्रपतिको कोविड–१९ परीक्षणः
अमेरिकी उपराष्ट्रपति माइक पेन्सको कार्यालयका एक कर्मचारी कोरोना भारसबाट संक्रमित पाइएका थिए । स्थानीय मिडिया रिपोर्ट अनुसार ह्वाइट हाउसका कर्मचारीको सन्दर्भमा कोरोना संक्रमणको यो पहिलो ज्ञात घटना हो । यस्तै, अब अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमतीको कोविड–१९ परीक्षण गरिएको छ ।
इरानमा अहलेसम्म १५ सय ५६ को मृत्यु:
इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ सय ५६ को मृत्यु भएको छ । इरानमा अहिलेसम्म कोरोनाका २० हजार ६ सय १० संक्रमित भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा