रोनाल्डिन्होले जेलमै मनाए जन्म दिन
आइतबार, ०९ चैत २०७६, ०९ : ३५
ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले आफ्नो ४०औं जन्म दिन जेलमै मनाएका छन् । रोनाल्डिन्होले २१ मार्चमा पर्ने आफ्नो जन्मदिन पाराग्वेको जेलमा मनाएका हुन् ।
पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरि जेलमा राखिएको छ । उनी १० दिनअघि नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए ।
उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट पक्राउ गरिएको थियो । रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका पनि तय भएको थियो ।
रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन । उनी अझै केही समय जेलमा बस्नु पर्ने बताईएको छ । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल