शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारलाई फर्काउने बार्सिलोनाको तयारी

आइतबार, ०९ चैत २०७६, ०८ : ४५
आइतबार, ०९ चैत २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेच्न तयार भएसँगै ब्राजिलियन सुपरस्टार नेयमार पूर्व क्लब बार्सिलोना फर्कने तयारीमा छन् । 

नेयमारलाई बार्सिलोना फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाको ब्यवस्थापनबीच तिब्र छलफल भएको छ । पीएसजीले हालै नयरमारलाई बेच्न तयार भएको थियो । पीएसजीले नेयमारको मुल्य एक सय ३५ मिलियन पाउन्ड समेत तोकिसकेको छ । 

बार्सिलोना नेयरमारलाई ठूलो रकम तिरेर फर्काउन चाहेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । बार्सिलोनाले अघिल्लो समरमै नेयमारलाई फर्काउन चाहेको थियो । तर त्यतिवेला पीएसजीले नयेमारको मूल्य एक सय ८६ मिलियन पाउन्ड राखेकोले बार्सिलोना हच्किएको थियो । 

यसअघिनै पीएसजी छाड्न चाहेका नयेमारलाई यसपटक पूर्व क्लब फर्कने राम्रो अवसर जुरेको छ । नेयरमारलाई बार्सिलोना फर्काउन कप्तान लियोनल मेस्सीले पनि जोड गर्दै आएका थिए । नयमार पनि  पछिल्लो समय आफ्नो आम्दानी घटाएरै भएपनि बार्सिलोना फर्कन चाहेका थिए । 

पीएसजीले फुकुवा गरेपनि अब नेयमारको जोडी मेस्सी र लुईस स्वारेजसँग मजाले जम्ने देखिएको छ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । नेयमार पीएसजीमा त्यति खुशी थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप