शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित गायिका कनिका कपूर अब अस्पतालका लागि ‘टाउको दुखाई’

आइतबार, ०९ चैत २०७६, ०८ : ३२
आइतबार, ०९ चैत २०७६

भारतको लखनऊमा जुन कनिका कपुरका कारण कोरोना भाइरसको संक्रमण बढ्ने खतरा पैदा भएको छ र जसका कारण शहरमा मात्रै नभई पूरा राज्यमा कोकोहोलो मच्चिएको छ अब त्यही कनिका कपुर त्यो अस्पतालका लागि समस्याको कारण बनेकी छिन् जहाँ उनको उपचार भइरहेको छ ।

कोरोना भाइरसबाट संक्रमित पाइएपछि कनिका कपुरलाई शुक्रबार लखनउको संजय गांधी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो तर एकदिन पछि नै यस्तो स्थिती पैदा भयो कि अस्पतालले एक वक्तव्य जारी गर्दै उनलाई सहयोगका लागि अपिल गर्नुपरेको छ ।

एसजीपीजीआई अस्पतालको तर्फबाट जारी वक्तव्यमा कनिकालाई हरसम्भव सुविधा दिँदासमेत उनले एक बिरामीको जस्तो नभई एक स्टारको जस्तो व्यवहार गरिरहेको बताइएको छ ।

अस्पतालका निर्देशक प्राध्यापक आरके धीमानले बीबीसीसँगको कुराकानीमा भने, ‘हामीले अस्पतालमा उनका लागि सबैभन्दा राम्रो सुविधा उपलब्ध गराएका छौं, उनलाई एसी भएको कोठा दिइएको छ जसमा अट्याच टोयलेट छ । सर–सफाईको विशेष प्रबन्ध मिलाइएको छ । कोठामा टिभी पनि राखिएको छ ।’

प्राध्यापक धीमानले थपे, ‘सुरुमा उनले आफू घरको खाना खाने बताइन् जुन उपचारको क्रममा सम्भव थिएन । उनको मागपछि उनलाई यहाँ ग्लूटेन फ्री खाना दिइँदैछ जुन भान्सामा छुट्टै बनाइँदैछ । उनलाई पछि पनि यसरी नै हेरविचार गरिनेछ तर उनले पनि सोच्नुपर्छ कि अस्पतालमा उनी एक बिरामी हुन्, स्टार होइनन् ।’

कनिका कपुरले लगाएकी थिइन् आरोपः

वास्तवमा, कनिा कपुरले एक न्यूज वेबसाइटसँगको कुराकानीमा अस्पतालमा उनलाई एक अपराधीको जस्तो व्यवहार गरिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘जुन कोठामा उनलाई राखिएको छ त्यहाँ निकै फोहोर छ र लामखुट्टे पनि आउँछन् । मैले डाक्टरलाई सफा गरिदिन आग्रह गर्दा डाक्टरले ‘यो अस्पताल हो, पाँचतारे होटल होइन’ भनेर जवाफ दिने गर्छन् ।’

यसबारे कनिकाका परिवारसँग पनि कुराकानी गर्ने कोसिस गरिएको तर सम्भव हुन नसकेको बीबीसीले बताएको छ । यस्तै कनिकाको यो आरोप सोसल मिडियामा पनि भाइरल हुन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप