शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिष शास्त्रः के तपाईंको जन्म पनि राक्षस गणमा भएको छ ?

सोमबार, ०५ असार २०७४, १२ : ५३
सोमबार, ०५ असार २०७४

ज्योतिष शास्त्र अन्तर्गत प्रत्येक मनुष्यलाई तीन श्रेणीमा बाँडिएको छ जो उनको गणको आधारमा निर्धारित हुन्छ । यी तीन श्रेणीमा देव गण, मनुष्य गण र राक्षस गण हुन्छ । गणको आधारमा मनुष्यको स्वभाव र उनको चरित्रबारे पनि बताइएको हुन्छ ।

नक्षत्रः

ज्योतिष शास्त्रका अनुसार जन्मको समयमा नक्षत्रको उपस्थितीको आधारमा व्यक्तिको गण निर्धारित हुन्छ ।

देव गणः

जो मानिस देव गणबाट सम्बन्ध राख्छन् उनीहरु दानी, बुद्धिमान, कम खाने र कोमल हृदयका हुन्छन् । यस्ता व्यक्तिको विचार निकै उत्तम हुन्छ भने उनीहरु आफ्नोभन्दा बढि अरुको हितबारे सोच्ने गर्दछन् ।

मनुष्य गणः

यस्तै, जसको सम्बन्ध मनुष्य गणसँग हुन्छ, उनीहरु धनवान् हुनुका साथै धनुर्विद्याका राम्रा जानकार हुन्छन् । उनीहरुका आँखा ठूल्ठूला हुन्छन् र उनीहरुले समाजमा ठूलो सम्मान पाएका हुन्छन् र अरु मानिसहरुले पनि यस्ता व्यक्तिको कुरालाई आदर र सम्मान गर्ने गर्दछन् ।

राक्षस गणः

तर जब राक्षस गणको कुरा आउँछ धेरै मानिसहरु उनीहरुको नाम सुनेर नै डराउने गर्दछन् । तपाईंमध्ये कतिले आफ्नो चीना देखाउँदा तपाईंको पनि राक्षस गण भएको थाहा पाउनुभएको होला तर यसमा तपाईं डराउनुपर्ने कुरा केही पनि छैन ।

विशेषताः

किनभने यो पनि अन्य दुई गणजस्तै हुन् । मानिसहरुले यसलाई गलत रुपमा अर्थ्याएर मानिसहरुलाई भ्रममा पार्ने गर्दछन् जुन ठिक होइन । हो, यसको विशेषता थोरै भिन्न र विशिष्ट छन् ।

विभिन्न प्रकारको शक्तिः

हाम्रो वरिपरि विभिन्न प्रकारका शक्ति हुन्छन् तीमध्ये केही नकारात्मक हुन्छन् भने केही सकारात्मक । ज्योतिष विद्याका अनुसार जो मानिसहरुको सम्बन्ध राक्षस गणसँग हुन्छ उनीहरु आफ्नो वरिपरि भएको नकारात्मक शक्तिलाई पहिचान गर्न सक्छन् । उनीहरुलाई नराम्रो शक्तिको आभाष अपेक्षाकृत चाँडै हुन्छ ।

छैटौं इन्द्रियः

राक्षस गणका व्यक्तिहरुको छैटौं इन्द्रियले निकै राम्रोसँग काम गर्दछ । यस्ता मानिसहरुको अगाडि नकारात्मक स्थिती पैदा हुन्छ तब उनी भयभित हुनुको साटो त्यस्ता स्थितीको सामना डटेर गर्दछन् ।

बलियो इच्छाशक्तिः

राक्षस गण साहसी र बलियो इच्छाशक्ति भएका हुन्छन् । उनीहरुको जीवनशैली स्वच्छन्द हुन्छन् ।

नक्षत्रको भूमिकाः

ज्योतिष शास्त्रमा जन्मको समयमा रहेको नक्षत्रको भूमिका निकै ठूलो हुने गर्दछ । तपाईं कुन ग्रह अन्तर्गत जन्मिनुभएको छ, कुन राशीको अधिनमा आउनुहुन्छ र तपाईंको जन्मको नक्षत्र के थियो यो कुरा तपाईंको पूरा जीवनको रुप रेखा खिच्ने गर्दछ ।

त्यसोभए कुन नक्षत्रमा जन्मेका मानिसहरु राक्षस गणका हुन्छन् । यसबारे जानकारी लिऔंः

नक्षत्रः

अश्लेषा, विशाखा, कृत्तिका, मघा, ज्येष्ठा, मूल, घनिष्ठा, शतभिषा नक्षत्रमा जन्मिएका मानिसहरु राक्षस गणको अधिनमा भएको मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप