बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा एक वृद्धको मृत्यु

शनिबार, ०८ चैत २०७६, २१ : ५४
शनिबार, ०८ चैत २०७६

मकवानपुरमा घर भत्काउने क्रममा आफ्नै पुरानो घरले किचिएर एक वृद्धको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पुरानो घरको ब्लकले किचेर ७३ वर्षीय पञ्चबहादुर दोङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ब्लकको गारो भएको आफ्नै पुरानो घर भत्काउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार झ्याल ढोका तथा चौकोस निकाली सकिएको पुरानो घरबाट ब्लक निकाल्ने क्रममा उनलाई ब्लकले किचेको थियो । घटनास्थलमै मृत्यु भएका दोङ्गको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप