बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियो ओलम्पिक सार्न अमेरिका र बेलायतको माग

शनिबार, ०८ चैत २०७६, १८ : ४६
शनिबार, ०८ चैत २०७६

एजेन्सी । जापानमा यही वर्षको जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने ओलम्पिक गेम्स सार्न अमेरिका र बेलायतका खेलकुद अधिकारीले प्रस्ताव राखेका छन् ।

अमेरिकाको राष्ट्रिय पौडी संघ र बेलायतको एथलेटिक्स संघका पदाधिकारीले टोकियो ओलम्पिक सन् २०२१ मा गरिनु पर्ने प्रस्तान राखेका हुन् ।अमेरिकी पौडी संघकाले अमेरिकाको ओलम्पिक कमिटि र पाराओलम्पिक कमिटी मार्फत ओलम्पिक सारिनु पर्ने प्रस्ताव गरेका छन् ।

कोरोनाको ठूलो महामारी फैलिएको समयमा ओलम्पिक गरिनु सान्दर्भिक नहुने अमेरिका पौडी संघका प्रमुख हिन्चेले बताए । बेलयात एथलेटिक्स संघका अध्यक्ष निक कोवार्डले अहिले पनि ओलम्पिक आयोजना गरेर केही फाइदा नहुने बताएका छन् ।

उनले विश्वकै पहिलो प्राथमिकता व्यक्तिको स्वास्थ्य र सुरक्षा हुनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारण अहिले विश्वभर सबैलाने खेलकुद प्रतियोगिता स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओलम्पिक सर्ने वा नसर्ने विषयमा निर्णय गरिसकेको छैन ।

जापानले सरकारले भने समयमै ओलम्पिक गर्ने दावी गरिरहेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले भर्खरै टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्न जापान तयार रहेको बताएका थिए ।

टोकियो ओलम्पिकमा विभिन्न ३३ खेलमा विश्वका दुई सय ६ देशले भाग लिनेछन् । जसमा ११ हजार ९१ खेलाडीको सहभागिता रहनेछ । जापानमा पनि कोरोनाको संक्रमण उच्च छ । कोरोनाबाट जापानमा २८ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप