बुटवल बसपार्कबाट दाजु र बहिनी बेपत्ता
शनिबार, ०८ चैत २०७६, १८ : ४१
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका बडागाउँ मैदानका एक घरका दाजु र बहिनी शुक्रवारदेखि बेपत्त भएएका छन् । मुसिकोट मैदान निवासी भुपेन्द्र जिसीका १३ वर्षीय छोरा बिजय र १२ वर्षीया छोरी सिचना जिसी शुक्रवार दिउँसो ३ बजेदेखि बुटवल बसपार्कबाट बेपत्ता भएका हुन् ।
त्यस समयमा बुटवल बसपार्कबाट गुल्मी मुुसकोटस्थित घर हिडेका दाजुबहिनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा भुपेन्द्र जिसीले बताए । केही वर्षदेखि जिसी परिवाले बुटवलमै ज्याला मजदुरी गर्दै आएका छन् ।
विजय ६ महिनादेखि र सिचिना एक वर्षदेखि बुटवलमा बाबु र आमासँगै बस्ने गरेका थिए । आफूहरु काममा गएको बेला दाजुले बहिनी लिएर हिडेको र वुटवल बसपार्कमा सानीमाले बोलाउँदा भागेर हिडेको आमा कल्पना जिसीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी