ईश्वरलाई गगनको अनुरोध : प्रमको सम्बोधनले नागरिकमा ठूलो अलमल देखियो, प्रष्ट पारिदिनुस्

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट नागरिक अलमलमा देखिए बताएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि अन्तराष्ट्रिय हवाइ स्थगतन र चैत १० गतेदेखि लामो दूरीको यातायात बन्दका साथै अत्यावश्यकबाहेकका सबै सेवा बन्दको घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीद्वारा गरिएको उक्त घोषणा प्रष्ट नभएकाले नागरिक अलमलमा देखिएको उनको भनाइ छ । शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूको हिजोको सम्बोधन पश्चात् के खुला रहने, के बन्द हुने, के गर्नहुने,के गर्न नहुने भन्नेमा नागरिक ठूलो अलमलमा रहेको देखियो ।’
यो विषय प्रष्ट पारिदिन कोरोना भाइस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई थापाको अनुरोध छ । उनले अगाडि लेखेका छन्, ‘माननीय उपप्रधानमन्त्रीज्यू नागरिकलाई यो कुरा प्रष्ट पार्न अनुरोध गर्दछु ।’ थापाले प्रत्येक दिन निश्चित समयमा सरकारको तर्फबाट एकैजनाले नागरिकलाई सुचना दिन माग दोहोर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?