शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न एकताबद्ध हुन नेकपाको अपील

शनिबार, ०८ चैत २०७६, १६ : ४५
शनिबार, ०८ चैत २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन अपील गरेको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपील गरेको हो ।

 नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि जोखिमबाट भने मुक्त नरहेको नेकपाले जनाएको छ । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघ संस्था र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट देशलाई बचाउन आग्रह गरे । 

कोरोना विरुद्ध लड्ने सरकारलाई आवश्यक निर्णयका लागि पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजिकरण गरिरहेको उनले बताए । 

 प्रवक्ता श्रेष्ठले जनचेतना विस्तारका लागि पार्टीले युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई हजारौँको संख्यामा स्वयम सेवक तयार गर्न निर्देशन दिएको पनि बताए । 

आवश्यकता परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी स्वयमसेवक तयार गर्न संगठनहरुलाई पार्टीले निर्देशन दिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप