दिल्लीमा अलपत्र २८ नेपाली २४ घण्टापछि नेपाल फर्किए
काठमाडौँ । दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपालीहरु २४ घण्टापछि नेपाल फर्किएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि मात्र उनीहरू करीब २४ घन्टापछि शनिबार बिहान काठमाडौं आर्लेका छन् ।
युएईबाट एयर इण्डिया फ्लाइटमार्फत नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केहि समय रोकेपछि उनीहरु अलपत्र परेका थिए । एयर इन्डियाको लापरबाहीको कारण अनाहकमा दिल्ली एयरपोर्टमा बिचल्ली भोग्नुपरेको उनीहरूको गुनासो थियो ।
कोरोना चेक गर्ने भन्दै समय लम्बिएपछि जहाज छुटेको र अहिले नेपाल जान ४० हजारदेखि ६० हजार भारतीय रुपैयाँ तिरेर टिकट काट्नुपर्ने पीडित नेपालीहरुले बताएका छन् ।
कोरोना टेस्ट भन्दै कहिले अध्यागमन त कहिले स्वास्थ्य परीक्षण गर्ने ठाउँमा घुमाइएको र अन्ततः जहाज छुटेको पीडित पुजा डंगोल बँताउछिन् । उनी भन्छिन्, ‘हामीले ओर्लेदेखि नै भनेका थियौं एयर इन्डियाको फ्लाइटका बारेमा तर, हाम्रो कुरा नै सुनुवाई भएन ।’
आफ्ना ट्रान्जिट यात्रुहरू दिल्ली ओर्लेका तीन घन्टा बितिसक्दा पनि एयर इन्डियाले कुनै चासो नदेखाएको पिडित नेपालीहरूको गुनासो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’